सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने प्रचण्डको अडान

  • पुस ८, २०७९
  • २,००३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ पुषः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारको नेतृत्व आफूले गर्नुपर्ने वताएकाछन् ।

संसदीय दलको नेता चयनभएलगत्तै दाहाल प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पावर सेयरिङको लागि बालुवाटार पुगेर यस्तो वताएका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्रो स्थान रहेको माओवादी पाटीका अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा दाबी पेश गरेर कांग्रेसलाई दबाबमा राखेका छन् । निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ ।

निर्वाचनअघि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन महत्वपूर्ण योगदान दिएको र गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेकोले अब बन्ने सरकारमा भने माओवादीले पहिलो चरणको नेतृत्व गर्नुपर्ने प्रचण्डको अडान छ ।

सो भेटवार्तामा सरकारको नेतृत्वबारे गम्भीर छलफल भएको थियो । देउवाले पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अडान राखेका थिए । दाहालले पनि आफ्नो अडान राखे । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको छ । आज साँझसम्म दुवै नेता बसेर सत्ता–सहकार्यको भागबण्डा टुँगो लगाउने चर्चा छ । देउवाले आफ्नो दूतको रुपमा प्रकाशमान सिंहलाई शुक्रवार विहान खुमलटार पठाएका थिए ।

सो क्रममा सिंहले पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्ने कुरा राखेका थिए । सिंहले सो कुरा राख्न नपाउँदै दाहालले अब सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखे । उनी आफ्नो अडानबाट टसमस नभएको कुरा सिंहले देउवालाई ब्रिफिङ गरिसकेका छन् ।

सिंहलाई प्रचण्डले प्रष्ट रुपमा पहिलो चरणको सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखेका छन् । माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य थालेको छ । एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री दिने भनिसकेको छ ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic