खेलकुद तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न

  • पुस ८, २०७९
  • ३,०४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ८ पुष ःखेलकुद बिटमा नयाँ पत्रकारहरुको दक्षता र क्षमता अभिबृदि बढाउन खेलकुद तथा आधारभूत पत्रकारिता तालिम शुक्रबार समापन भएको छ।

धरानमा भएको तीन दिने खेलकुद तथा आधारभुत पत्रकारिता तालिमा बुधबार देखि सुरु भएको थियो ।

धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा र विशेष अतिथी अखिल नेपाल फुट्बलका बरिष्ठ सद्स्य तथा धरान फुट्बल क्लबका अध्यक्ष किशोर राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

विशेष अतिथी राईले तालिमको समापनका क्रममा धरान खेलकुदको सहर भनिँदै आए तापनि खेलकुद रिपोर्टिङको कमी रहेकाले नयाँ पुस्तालाई खेलकुद समाचारमा चासो बढाउन तालिम आयोजना गरिएको बताए ।

धरानमै अन्तराष्ट्रीय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता हुने र धरानलाई खेलकुद क्षेत्रमा ‘खेलकुदको सहरको रूपमा चिनिएको धरानलाई नयाँ गतिमा अघि बढाउनुपर्ने जिम्मेवारी धरान उपमहानगरपालिकामा लिएको र धरानमा मेयर कप भैइरहेको बताए ।

तालिम मित्र मिलन क्लब, धरान(१२ ले आयोजनाले धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको कोषको सहयोगमा भएको थियो।

तालिममा आधारभूत पत्रकारिता सत्रमा पत्रकार तथा उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका थिए भने ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले खेलकुद रिपोर्टिङ र अनलाइन पत्रकारीताका विषयमा र पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइलीले फुटबल खेलको प्राविधिक पक्ष तथा नियमहरूका बारेमा प्रशिक्षण दिएका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic