जनता मावि इटहरी सुनसरी कै उत्कृष्ट विद्यालय घोषित

  • पुस ११, २०७९
  • ७४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः कुनै समय सरकारी विद्यालयमा छोरा छोरी पढाउदा छिमेकीको अगाडी नाक खुम्चाउनु पर्ने अवस्थामा रहेको सरकारी विद्यालय मध्येको जनता स्कुल यतिवेला भने प्रदेश १ उत्कष्ट छनौटमा पर्न सफल वनेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ ले इटहरीस्थित श्री जनता मा.वि.लाई सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरेको हो।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले सुनसरीकै उत्कृष्ठ विद्यालयका रुपमा छनोट गरेसँगै विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया समेत पाउनेछ ।

प्रत्येक जिल्लाबाट उत्कृष्ट ब्यवस्थापन भएका १–१ वटा सफल सामुदायिक माध्यमिक विद्यालयलाई छनोट गर्ने क्रममा सुनसरीबाट जनता मावि छनोटमा परेको थियो ।

जनता माविलाई २० प्रतिशतसम्म प्रोत्साहन कार्यक्रममा र बाँकी ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा रकम दिने भएको छ ।

पछिल्लो चार वर्षमा जनता मावि नमूना विद्यालयको रुपमा अघि वढदै आएको छ । विद्यालयमा नयाँ व्यवस्थापन समिति आएसंगै सुनसरीमै आकर्षणको केन्द्र बन्न थालेको हो ।

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा शैक्षिक अवस्था कमजोर मात्र नभई विद्यार्थीहरु समेत घटदोक्रममा रहेको थियो ।

केही समय यता विद्यालयको नेतृत्वमा काशीनाथ दंगाल आएपछि विद्यालयमा सुधारका कामहरु क्रमिक रुपमा हुन थालेका छन् ।

कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको छ ।

अध्यक्ष दंगालले भने विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको बताएका छन् ।
उनले विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको पनि बताएका छन् ।

विद्यालयमा भौतिक पुर्वाधार निर्माणदेखि शिक्षणको गुणस्तर सुधारका कामलाई पनि प्राथमिकता दिएकोले विद्यालय आकर्षणको केन्द्र बनेको विद्यालय व्यवस्थापन समितिका शिवराज दाहालले जानकारी दिए ।

उनले सबै राजनीतिक दल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावनाका साथ एकजुट भएकोले विद्यालय उत्कृष्ठ बनेको बताएका छन् । उनले विद्यार्थी संख्यालाई थेग्नको लागि अझैपनि भवनलगायतको पुर्वाधारको आवश्यक्ता रहेको बताए ।

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै वन्न सफल भएको अध्यक्ष दंगालको दावी रहेको छ ।

इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगाल बताउँछन् ।

विद्यालयलाई बनाउँ भन्ने भावनाले शिक्षकहरुले पनि काम गरिरहेको उनको भनाई रहेको छ ।
विद्यालयका प्राधानाध्यापक पशुपती सिग्देलका अनुसार जनता स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानून र सिभिल इञ्जिनियरको पढाई सुरु गर्ने तयारी रहेको छ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic