जनता मावि इटहरी सुनसरी कै उत्कृष्ट विद्यालय घोषित

  • पुस ११, २०७९
  • ७१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः कुनै समय सरकारी विद्यालयमा छोरा छोरी पढाउदा छिमेकीको अगाडी नाक खुम्चाउनु पर्ने अवस्थामा रहेको सरकारी विद्यालय मध्येको जनता स्कुल यतिवेला भने प्रदेश १ उत्कष्ट छनौटमा पर्न सफल वनेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ ले इटहरीस्थित श्री जनता मा.वि.लाई सुनसरी जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रुपमा छनोट गरेको हो।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले सुनसरीकै उत्कृष्ठ विद्यालयका रुपमा छनोट गरेसँगै विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १४ लाख ५० हजार रुपैया समेत पाउनेछ ।

प्रत्येक जिल्लाबाट उत्कृष्ट ब्यवस्थापन भएका १–१ वटा सफल सामुदायिक माध्यमिक विद्यालयलाई छनोट गर्ने क्रममा सुनसरीबाट जनता मावि छनोटमा परेको थियो ।

जनता माविलाई २० प्रतिशतसम्म प्रोत्साहन कार्यक्रममा र बाँकी ८० प्रतिशत विद्यालयको प्रस्तावका आधारमा रकम दिने भएको छ ।

पछिल्लो चार वर्षमा जनता मावि नमूना विद्यालयको रुपमा अघि वढदै आएको छ । विद्यालयमा नयाँ व्यवस्थापन समिति आएसंगै सुनसरीमै आकर्षणको केन्द्र बन्न थालेको हो ।

२०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा शैक्षिक अवस्था कमजोर मात्र नभई विद्यार्थीहरु समेत घटदोक्रममा रहेको थियो ।

केही समय यता विद्यालयको नेतृत्वमा काशीनाथ दंगाल आएपछि विद्यालयमा सुधारका कामहरु क्रमिक रुपमा हुन थालेका छन् ।

कक्षा कोठाहरुलाई स्मार्ट बनाउनेदेखि अंग्रेजी माध्यमबाट पढाउने अनि इटहरीभरीकै उत्कृष्ठ शिक्षकहरु नियुक्त गर्ने क्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थीको भीड नै लाग्न थालेको छ ।

अध्यक्ष दंगालले भने विद्यालयका शिक्षकहरु, व्यवस्थापन समितिका बाँकी सदस्यहरु, अविभावकहरु र स्थानीय राजनीतिक दलका नेतृत्वहरु सबैको साथ सहयोगका कारण यो उपलब्धी पाएको बताएका छन् ।
उनले विद्यालयलाई प्रदेशकै अब्बल बनाउने प्रयासमा आफूहरु रहेको पनि बताएका छन् ।

विद्यालयमा भौतिक पुर्वाधार निर्माणदेखि शिक्षणको गुणस्तर सुधारका कामलाई पनि प्राथमिकता दिएकोले विद्यालय आकर्षणको केन्द्र बनेको विद्यालय व्यवस्थापन समितिका शिवराज दाहालले जानकारी दिए ।

उनले सबै राजनीतिक दल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावनाका साथ एकजुट भएकोले विद्यालय उत्कृष्ठ बनेको बताएका छन् । उनले विद्यार्थी संख्यालाई थेग्नको लागि अझैपनि भवनलगायतको पुर्वाधारको आवश्यक्ता रहेको बताए ।

पर्याप्त सरकारी सहयोग भएर पनि शैक्षिक सुधार गर्न नसकेका देशभरका सामुदायिक विद्यालयहरुको लागि जनता विद्यालय पछिल्लो समय गतिलो उदाहरण नै वन्न सफल भएको अध्यक्ष दंगालको दावी रहेको छ ।

इटहरी र आसपासका राम्रा शिक्षकहरुलाई नियुक्ति दिएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दंगाल बताउँछन् ।

विद्यालयलाई बनाउँ भन्ने भावनाले शिक्षकहरुले पनि काम गरिरहेको उनको भनाई रहेको छ ।
विद्यालयका प्राधानाध्यापक पशुपती सिग्देलका अनुसार जनता स्कुलले आउँदो शैक्षिक सत्रदेखि आम सञ्चार, कानून र सिभिल इञ्जिनियरको पढाई सुरु गर्ने तयारी रहेको छ ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic