हिविसकस क्वीज मेनियामा आयोजक प्रथम

  • पुस १५, २०७९
  • ८६९ पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१५ पुष ः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्धारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ ।

शुक्रवार सम्पन्न फाइनलमा ६ वटा स्कुलहरु मध्येबाट अन्य स्कुलहरुलाई पछि पार्दै आयोजक हिविसकस उपाधि हात पार्न सफल वनेको हो ।

sunakhari = 2 विजेत हिविसकस इङलिस वोडिङ स्कुलले नगद १२ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने प्रतियोगितामा दोस्रो स्थान नेपाल पुलिस स्कुलले हात पारेको छ पुलिस स्कुलले नगद १० हजार मेडल प्रमाण पत्र हात पार्न सफल वनेको छ ।

प्रतियोगितामा सुनाखरी एकेडेमी धरान–१२ ले तेस्रो स्थान ल्याउन सफल वनेको थियो । सुनाखरीले नगद ८ हजार मेडल प्रमाण पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा चन्द्र संस्कृत मा.वि. चौथो वनेको थियो । उसले नगद ६हजार मेडल र प्रमाण पत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा एम्स एकेडेमी धरान १२ ले पाचौं स्थानमा चित्त वुझाएको थियो । एम्सले नगद ४ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल वनेको छ ।

प्रतियोगितामा ज्वालामुखि मा.वि. धरान–१७ छौटौ स्थान ल्याउन सफल वनेको छ । उसले नगद २ हजार र मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।

धरानमा आयोजना हुने गरेको हाजिरी जवाफ प्रतियोगिता मध्ये सवैभन्दा वढी स्कुल सहभागीता रहेको आयोजकको दावी रहेको छ ।

प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने स्कुलका प्रिन्सिपल गंगाराम राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रिन्सिपल राईले बताएकाछन् ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic