चिरन्जीवि सहकारीमा १ अर्व भन्दा वढीको कारोवार

  • पुस १८, २०७९
  • २,०४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ पुष ः धरान–१३ स्थित चिरन्जीवि वचत तथा ऋण सहकारी संस्था लि.मा वार्षिक रुपमा डेढ अर्व भन्दा वढीको कारोवार गरेकोे छ ।

संस्थाको सोमवार सम्पन्न ११ औं वार्षिक साधारणमा वितरण आर्थिक प्रतिवेदनमा सो कुरा उल्लेख गरीएको हो ।

संस्थाका अध्यक्ष खेम बहादुर माझीद्धारा प्रस्तुत प्रतिवेदनमा १ अर्व ५५ करोड, २ लाख २३ हजार ७ सय ७९ रुपैयाको कारोवार भएको उल्लेख गरीएको छ ।

संस्थाले २४ लाख ३८ हजार १सय ५५ रुपैया मुनाफा गरेकोे संस्थाका अध्यक्ष माझीले जानकारी गराएकाछन् ।

साधारण सभाको उद्घाटन धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गरेका थिए ।

काफ्लेले सहकारी भनेको सजिलोमा लौरो दिने र अफ्ठारोमा पर्दा लौरो खोसिदिने वैंक प्रवृति नभएको वताउदै साना साना छरीएर रहेको पूँजीलाई संगठित हुर्दैै वनेको वित्तिय संस्था भएको वताए ।

उनले कोभिडको माहामारीमा पनि सहकारीले वचतकर्ता र शेयर सदस्यहरुलाई कारोवारमा कुनै समस्या हुन नदिएको भन्दै प्रसंशा गरेका थिए ।

सहकारी विधि अनुसार सञ्चालन भएको खण्डमा कुनै समस्यामा नपर्ने दावी समेत गरेका थिए । उनले वडा समितिसंग सहकार्य गर्न चाहेको खण्डमा आफूहरु सहकार्य गरेर काम गर्न तप्पर रहेको वताएका थिए । उनले कोविडको माहामारी देखि अन्य वडाका कामहरुमा समेत चिरन्जीवि सहकारीसंग सहकार्य गरेर काम गरेको स्मरण गर्र्दै फेरीपनि सहकार्य गरेर अघि वढन चाहेको वताएका थिए ।

कार्यक्रममा वोल्दै पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले चिरन्जीवि सहकारीले वित्तिय क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

संस्थासंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको वताउदै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने उल्लेख गरेका थिए ।

पत्रकार महासंघका सल्लाहकार सन्तोष काफ्लेले संस्थाले गरेको आर्थिक तथा सामाजिक कामको प्रसंशा गरेका थिए ।

त्यसैगरी पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारी क्षेत्रले समाजमा गरेको योगदानको चर्चा गरेका थिए ।

संचारकर्मी सम्मानीत

chiranjbi

चिरन्जीवि वचत तथा ऋण सहकारी संस्था लि. ले ११ औं वार्षिक साधारण सभामा पत्रकारीता मार्फत समाजका योगदान गरेको भन्दै पत्रकार गोविन्द वस्नेतलाई सम्मान गरेको छ ।

वस्नेतलाई संस्थाले नगद १० हजार सहित प्रमाण पत्र र खदा लगाएर सम्मान गरीएको हो ।

वस्नेतलाई कार्यक्रमका प्रमख अतिथि नेत्रप्रसाद काफ्लेले प्रमाण र र खदा लगाएर सम्मान गरेका थिए ।
वस्नेत धरानबाट प्रकाशित कोशीपत्र दैनिकका कार्यकारी सम्पादक, हिमशिखर टेलिभिजनका सुनसरी संवाददाता तथा धरान साप्ताहिकका कार्यकारी सम्पादक हुन ।

वस्नेत नेपाल पत्रकार महासंघका प्रदेश सभाषद हुन भने सुनसरी शाखाका पूर्व कोषाध्यक्ष समेत हुन ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic