शहिदका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • पुस २२, २०७९
  • १,३१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुष ः धरान– ८ स्थित शहिद स्मृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।

नैन जानुका विष्ट परिवारबाट प्राप्त भएको ७५ थान न्यानो कपडा स्विटर विद्यालयमा वितरण गरीएको हो ।

विद्यालयका विद्यार्थीहरुका लागि विष्ट परिवारको कोषको व्याज मध्येबाट सो सहयोग गरीएको कोषका सचिव तथा विद्यालयका प्रधानाध्यापक राम विष्टले जानकारी दिएकाछन् ।

शिक्षा र सामाजिक क्षेत्रका केही न केही सहयोग गर्दै आएको परिवारले यसपटक भने जाडोका लागि स्विटर वितरण गर्ने निर्णय भए वमोजिम गरीएको वताए ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ७५ जना नयाँ विद्यार्थीहरुलाई स्विटर वितरण गरीएको विद्यालयका प्रधानाध्यापक विष्टले जानकारी दिएकाछन् ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको सभापतित्मा भएको सो कार्यक्रममा वडा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजन वमले गरेका थिए ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic