बिपी प्रतिष्ठान कर्मचारी समाज अध्यक्षमा कविता ढकाल विजयी

  • पुस २४, २०७९
  • ८७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ःबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी युनियनको अध्यक्षमा कविता ढकाल ३६६ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी किशोर प्रसाद पोखरेल ३१७ मत प्राप्त गरे । यस्तै अध्यक्षका अन्य उम्मेदवारहरु सञ्जीव कुमार कर्ण १९५ मत, महेश्वर राईले १६३,भुपध्वज बुढाथोकी ९८,मदनकुमार हलुवाईले १९ किरण प्रसाद भट्टराईले ११ मत प्राप्त गरेका थिए ।

निर्वाचन प्रमुख प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत विजयी भएका छन् । उनले ५८८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर श्रेष्ठले २६८ मत प्राप्त गरेका छन् ।बालकृष्ण मेहताले २१६, मत अन्य उम्मेदवार दिलीप कुमार परियारले ६९ प्राप्त गरे ।

महिला वरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत प्राप्त गरी विजयी भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी सिता कुमारी हुमागाईँले ४८६ मत प्राप्त गरिन् ।

प्रशासनिक उपाध्यक्षमा श्याम सुन्दर मेहताले ३४१ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी केदार बहादुर सिञ्जालीले २९० मत प्राप्त गरे । अन्य प्रत्याशी सोमनाथ रिजालले २२९, भरत लाल चौधरीले २८१ प्राप्त गरे । नर्सिङ उपाध्यक्षमा सफला बुढाथोकी यसअघि निर्विरोध निर्वाचित भएकी छन् ।

पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह र कोषाध्यक्षमा अजय कुमार साह विजयी भएका छन् ।

सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना विजयी भएका छन् । ्

सदस्यका लागि प्रशासनिक कर्मचारीमा ३ पदमा ४, नर्सिङ सदस्य ३ सदस्यका लागि ५ जना, पारामेडिक्स ३ मा ६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । खुल्ला सदस्य ६ जनाका लागि १२ जनाले प्रतिस्पर्धा भएको थियो ।
सिनेटबाट आधिकारीक मान्यता पाएपछि भएको निर्वाचन भने यो पहिलो पटक हो ।

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic