शारदा बालिका स्कुलको वार्षिक उत्सव सम्पन्न

  • पुस २५, २०७९
  • ३,७०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ पुष ः पूर्वको एक मात्र छात्रा अध्ययन गर्ने विद्यालय धरान –१६ स्थित शारदा नमुना माध्यमिक विद्यालयको ७४ औ वार्षिक उत्सव आइतवार सम्पन्न भएको छ ।

आइतवार सम्पन्न वार्षिक उत्सव कार्यक्रम छात्रवृत्ति वितरण सहित विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

विद्यालयमा रहेको विभिन्न अक्षय कोष दाताहरूले जम्मा गरेको ३६ लाख कोषको रकमको व्याजबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका शिक्षक पदम लुइँटेलले बताएकाछन् ।

balika = 2

स्थापना कालमा ७ जना विद्यार्थीबाट पठनपाठन सुरु गरिएको सो विद्यालयमा हाल ७ सय १८ विद्यार्थीसँग रहेकाछन् ।
कार्यक्रममा प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद विजय कुमार राईले वालिका स्कुलका विद्यार्थीहरु सवै क्षेत्रमा अव्वल रहेको भन्दै प्रसंशा समेत गरेका थिए ।

राईले बालिका स्कुल धरानको मात्र नमुना नभएर नेपालकै गौरव भएको जिमिर समेत गरेका थिए । उनले विद्यालयको सहयोगका लागि आफू सदैव प्रयासरत रहेको समेत वताए ।

कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य यशोदा कायस्थले विद्यालयको सहयोगको लागि आफू सदैव सकारात्मक रहेको वताइन ।

balika - 3

कार्यक्रममा छात्रावासको बनाउन जग्गा प्रदान गर्ने स्वर्गीय फडिन्द्र आचार्यको छोरी अञ्जलि बुहारी सम्झना आचार्यलाई सम्मान गरीएको थियो ।

पूर्व प्रधानाध्यापक स्वर्गीय प्रतिमा पोखरेलका छोरा उज्वल पोखरेललाई पनि सम्मान गरिएको विद्यालयका प्र धर्म नारायण सिंहले बताए।

balika = 5

balika = 4

bijaya rai final 1 p[hoto

 

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic