प्रदेश एकमा १३ मन्त्रालयबाट ९ मा कायम हुने  प्रदेश खबर

  • पुस २६, २०७९
  • ५०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर

विराटनगर,२६ पुष ः प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ ।

प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।

उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्णय गरिएको हो । यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पुयार्एको थियो ।

मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic