एकिकृत समाजवादी र जसपा बीच एकताका लागि वार्ता हुँदै

  • पुस २८, २०७९
  • १,५५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं, २८ पुषः राष्ट्रिय पार्टी वन्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी र पहिलाको तुलनामा कमजोर परिणाम निकालेको जनता समाजवादी पार्टी बीच एकताका लागि वार्ता हुँदैछ।

दुवैले शक्ति निर्माणका लागि वलियो पार्टी निर्माण गर्ने भन्दै दुई पार्टीबीच विहिवार दिउँसो सिंहदरबारमा बार्ता हुने एकिकृत समाजवादीले जनाएको छ।

पार्टी एकताका लागि दुवै पार्टीले कार्यदल गठन समेत गरिसकेका छन्।

वार्ता समितिमा एकिकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा.विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेकाछन् भने जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

जसपाको संसद्‍मा १२ सिट रहेको छ भने समाजवादीको १० सिट रहेको छ।

पार्टी एकिकरण भएको अवस्थामा २२ सिट हुनेछ यस्तो अवस्थामा संसदमा चौथो शक्तिको रुपमा रहनेछ ।

वामपन्थिहरु वीचमा एकता सहकार्य गरेर अघि वढी नीति अनुसार नै एकताको लागि कार्यदल गठन गरीएको एीककृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का इन्चार्ज घनेन्द्र वस्नेतले वताएकाछन् ।

उनका अनुसार विचार सिद्धान्त मिल्ने अन्य वामपन्थि दल र समूहसँग समेत एकता वा कार्यगत एकता गर्ने समेत पार्टीको नीति रहेको छ

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic