आजदेखि गोधुली फुटबल रनिङ कप शुरू , उद्घाटन खेलमा धरान १३ र धरान ५ हुने

  • पुस ३०, २०७९
  • ५३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० पुष । हरेक वर्ष धरानमा हुँदै आएको अन्तर वडा स्तरीय गोधुलि फुटबल रनिङ कप आजदेखि सुरु हुने भएको छ ।

आजदेखि सुरु हुने २३ औं गोधुली फुटबल रनिङ कप प्रतियोगितामा धरानका २० वटै वडाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको उद्घाटन १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथिमा साढे २ बजे देखि १७ औं संस्करणको विजेता वडा नं. १३ र वडा नं. ५ बिच हुने छ ।

धरान–१७ को गोधुली क्लबले २०५० सालदेखि सुरु गरेको वडास्तरीय गोधुली कपको विजेताले यसवर्ष नगद रु १ लाख ५० हजार र उपविजेताले नगद रु ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक गोधुली क्लबले हिजो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साथै प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले रु २५÷२५ हजार थप पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

प्रतियोगिता आज पुष २९ गते शनिबारदेखि धरान १६ स्थित रंगशालामा शुरुभइ माघ १४ गते फाइनल खेल हुने गोधुली क्लबले तालिका समेत सार्वजनिक गरेको छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । फुटबल खेलको विकासमा टेवा पुर्याउनु साथै नव प्रतिभाशाली फुटबल खेलाडीहरुलाई अवसर प्रदान गर्न , युवा वर्गलाई कुलत र सामाजिक विकृतिको निर्मुल गर्न खेलको माध्यमले लागु पदार्थ मुक्त समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरीएको उक्त प्रतियोगिताको यो २३ औँ संस्करण हो ।

godhuli

धरानका २० वटै वडाले प्रतियोगितामा सहभागिता भएको समेत आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न धरान उपमहानगरपालिकाले निरन्तर संयोजन गरेको छ भने टुबोर्ग पनि प्रायोजनको रुपमा रहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिनुभएको छ ।

खेलमा दर्शकहरुलाई राउन्ड १६ सम्म ३० रुपैया सेमिफाइनलमा ५० रुपैया र फाईनल खेलमा १०० रुपैया लाग्ने आयोजकले बताएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic