हराईजन क्लब धरानको अध्यक्षमा श्रीभक्त राई निर्वाचित

  • माघ १, २०७९
  • १,१०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ माघ ः हराइजन बास्केटबल क्लबको अध्यक्षमा श्रीभक्त राई सर्वसम्मत चयन भएका छन् ।शनिवार भएको क्लबको अधिवेशनलाई राईलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

हराइजन नेपालकै बास्केटबल खेलमा काठमान्डु उपत्यका बाहिर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने पहिलो क्लब हो ।photo = 3

क्लबको शनिवार सम्पन्न तेस्रो अधिवेशनले राईको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पुष्पा राई र पञ्चकला राई, सचिवमा सूर्यकुमार सुनुवार, सहसचिवमा विशाल राई, कोषाध्यक्षमा सुबिक्षा राई चयन भएका छन् ।

सदस्यहरूमा रिमला राई, रबिन राई, तीर्थ विश्वकर्मा, युवराज राई र रोशन राई रहेका छन् ।

अधिवेशनमा धरान वडा–१७ का अध्यक्ष मनोज भट्टराईको प्रमुख अतिथि थिए । उनले धरानमा हराईजन क्लब र बास्केटबल खेल पर्यायवाची शब्द जस्तो भइसकेको बताए ।

क्लबका संस्थापक नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकरिषि राईले हराईजन क्लब २०६९ सालमा स्थापना देखी नै राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता, सामाजिक गतिविधिहरू गर्दै आएको बताए ।

क्लबका सल्लाहकारद्वय मच्छिन्द्र राई र चन्द्र बहादुर मगरले पनि क्लबको गतिविधि प्रशंसा योग्य रहेको बताउँदै शुभकामना प्रकट गरेका थिए ।

धरान(१७ स्थित घोपा माविका अग्रज शिक्षक सुनिल यादव पाँच सदस्य निर्वाचन समितिका प्रमुख आयुक्त थिए । अधिवेशन सञ्चालन तथा सहजीकरण क्लबका सचिव सूर्य कुमार सुनुवारले गरेका थिए ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic