आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट

  • माघ १, २०७९
  • ५१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
 बिर्तामोड,१ माघ ः आइतबार बिहान झापाको दमक नगरपालिका ६ स्थित बजारमा बिद्युत् सर्ट भई आगलागी हुँदा ११ वटा सटर जलेर नष्ट भएको छ ।

आगलागिबाट लाखौको क्षति भएको र यसको विवरण संकलन गरिँदै आएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।

बिहान साढे ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा ५ वटा पसल पूर्ण रुपमा जलेर खरानी बनेका छन् भने बाँकी ६ पसल समेत क्षति पुगेको छ ।

दमकको मुख्य बिच बजारस्थित नमुना मार्गको राजु श्रेष्ठको जुत्ता चप्पल पसलबाट बिहान साढे ३ बजे तिर आगलागी भएको हो । ३ घण्टाको प्रयासमा ५ वटा दमकलको सहयोगमा प्रहरी, स्थानीय समेत जुटेर आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीमा परेर सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य ६ पसल पसल भत्काइएका छन् । आगलागी नियन्त्रणका लागि दमक, कमल, गौरा दह, उर्लाबारी, पथरी शनिश्चरे पालिकाबाट दमकल आएका थिए ।

आगलागीमा परेर १ करोड भन्दा धेरैको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण भने आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

आइडल बोर्डिङ स्कुल,नोबेल एकाडेमी, र कार्मेल हाईस्क

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic