विमान दुर्घटनाबारे अध्ययन गर्न पोखरा पुग्यो फ्रान्सेली टोली

  • माघ ३, २०७९
  • २,२९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,३ माघ । गत आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको एटिआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ।

मंगलबार काठमाडौं आएको उक्त टोली अध्ययनका लागि दुर्घटनास्थल पोखरा पुगिसकेको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनकाअनुसार एटिआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको हो ।

एटिआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ । यसअघि सरकारले गठन गरेको दुर्घटना जाँच आयोग पनि उक्त टोलीसँग पोखरा पुगेको छ।

विमान दुर्घटनापछि पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो। आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपक प्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् ।

साथै, हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic