अल स्टार्सलाई पिएसजीले हरायो,रोनाल्डोको दुई गोल

  • माघ ६, २०७९
  • १,६१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

५ माघ । साउदी अरबको रियादमा भएको मैत्रीपूर्ण खेलमा पिएसजीले अल स्टार्स एघारलाई पराजित गरेको छ।

गोलको वर्षा भएको खेलमा पिएसजीले ५-४ ले जितेको हो। क्रिस्टियानो रोनाल्डो भर्सेज लियोनेल मेसी खेलको रुपमा हेरिएको यस खेलमा क्रिस्टियानो रोनाल्डोले अल स्टार्सका लागि दुई गोल गरेका थिए भने लियोनेल मेसीले एक गोल गरेका थिए।

यस खेलमा खेलको ३९औं मिनेटमा जुआन बेरनटले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। त्यस्तै नेइमारले पहिलो हाफको अन्तमा पाएको पेनाल्टी मिस गरेका थिए।

अल स्टार्सका लागि जांग हिउन सू र टालिस्काले एक एक गोल गरेका थिए। त्यस्तै पिएसजीका लागि मेसी, मार्क्यूरिन्होज, सर्जियो रामोस, किलीयन एम्बाप्पे, हुगो एकिटिकेले एक एक गोल गरेका थिए।

एक पछि अर्को गोल हुदा खेल निकै रोमान्चक बनेको थियो। रियादस्थित किंग फयाद स्टेडियममा भएको खेलमा ६८ हजार भन्दा बढी दर्शक प्रत्यक्ष उपस्थित रहेका थिए।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic