एनआइसी एशिया बैंकको डिजिटल बैंकिङमा समस्या, ग्राहकलाई समय र ब्याज दुबैको घाटा

  • माघ ७, २०७९
  • २,६८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ माघ ःएनआइसी एशिया बैंकको विद्युतीय भुक्तानी सेवा ( इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र कार्डलेस विथड्रअल) भरपर्दो नहुँदा उपभोक्ताले समस्या र ब्याज घाटा दुबै व्यहोर्नुपरेको छ ।

ग्राहक संख्या वृद्धिको तुलनामा बैंकले आवश्यक प्राविधिक समर्थन र जुटाउन नसक्दा यसका ग्राहकले नगदरहित भुक्तानीमा समस्या व्यहोर्नु परिररहेको छ ।

केही समययता वालेटमा फण्ड लोड नहुने समस्या देखिएको छऽ एकजना पीडित ग्राहकले खाताबाट रकम काटेपनि वालेटमा ब्यालेन्स देखि‌ंदैन, गुनासो गरेको तीन दिनपछि बल्लतल्ल रकम बैंक खातामा बैंकले फिर्ता गरिदिन्छ। खाताको रकम हराएको तीन दिनसम्मको ब्याज नोक्सानी पनि हामी उपभोक्ताले नै व्यहोर्नुपर्ने विशेषगरी सप्ताहन्त वा सार्वजनिक बिदाको दिन पूर्व यस्तो समस्या तुलनात्मकरूपमा बढी देखिने गरेको एनआइसी बै‌ंकका ग्राहकले गुनासो गरेका छन् ।

एटिएममा कार्डलेस विथड्रअलका लागी कोड हाल्न नपाउँदै एक्सपायर्ड देखियो, अर्का एक पीडित ग्राहकले गुनासो गर्दै भने,तर रकम झिकिनसक्दै खाताको ब्यालेन्स घट्यो ।

पटक पटक गुनासो गर्दा दुई दिनपछि बल्ल पैसा फिर्ता पाएँ ।इन्टरनेट बै‌ंकिङ(आइ टच) बाट डिजिटल वालेटमा लोड गरेको रकम लोड नभएर बीचमै हराउने मोबाइल बै‌ंकिङ एप्स ढिलो गरी खुल्ने वा बगको समस्याले बन्द हुने र एटिएम मेशिनबाट एटिएम कार्डको प्रयोग बिना नै कार्डलेस विथड्रअल गर्दा क्यास झिक्न नपाए पनि खाताबाट रकम मौज्दात घट्ने गरेको समस्या प्रायः ग्राहकले व्यहोर्नुपरिरहेको छ ।


इन्सोरेन्स खवरबाट

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic