नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न (फाेटाेफिचर)

  • माघ १०, २०७९
  • ६,१९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर 

धरान । धरान-११ स्थित नोबेल एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । माघ ५ गते देखि सञ्चालित खेल सप्ताह आज सम्पन्न भएको छ । खेल सप्ताहको समापनपछि मंगलबार औपचारिक समारोहबीच विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल रविन न्यौपानेले विद्यार्थीको चौतर्फी बिकासका लागि किताबी ज्ञानसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई विद्यालयले प्राथमिकता दिंदै आएको बताउनु भयो ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल न्यौपानेको भनाई छ । स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ ।

विजयी खेलाडिहरुलाई विद्यालयका संस्थापक सदस्यहरूले विजेताहरुलाई मेडल, प्रमाणपत्र, पेन्सिल तथा शिल्ड वितरण गरेको थियो ।

खेलकुदमा हट पोटेटो,चकलेट रेस,म्युजिकल चेयर, बुक ब्यालेन्स, टर्निङ द ग्लास, बर्सट द ब्यालुन, पुल द टेल, मार्बल रेस,चुज द कलर पेपर, बिस्कुट रेस, कपि इन द ब्याग , फिल इन द बास्केट, फिल इन द बास्केट, म्याथम्याटिक्स रेस, ब्यालुन द ब्यालेन्स, अयारेन्ज द सेप, सपरेट द ग्रेन्स्, चुज द कलर्स, क्यारि योर्स फेन्डर्स, ब्यालुन ब्यालेन्स्, छात्र फुटसल, छात्रा फुटबल, छात्र ब्याटमिन्टन,छात्रा ब्याटमिन्टन भएको थियो ।

 

डिपो कपमा तीन स्कुल विजयी

छाल खवर धरान,२६ मंसिर ः डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ...

खेलकुद महोत्सव शुरु

छाल खवर धरान,२५ मंसिर ःधरान खेलकुद मञ्चको आयोजनामा धरान खेलकुद महोत्सव शुरु ...

डि.एल.आर.एस. ट्यालेन्ट हन्टको तयारी अन्तिम चरणमा

छाल खवर धरान, २४ मंसिर ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ ...

पब्लिक मा.बि. फुस्रेका ह्यापिसनलाई सिङ्गिङ च्याले

छाल खवर धरान,२३मंसिर ःधरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन&n ...

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic