भकारीमा प्रेस सेन्टरको सहयोग

  • माघ १५, २०७९
  • २,४१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ माघ ः आफ्नो वार्षिक उत्सवमा केही न केही कार्यक्रम गर्दै आएको प्रेस सेन्टर नेपाल सुनसरीले यस पटक ओझेलमा परेको सरकारी विद्यालयलाई सहयोग गरेको छ ।

सेन्टरले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा धरान–१६ स्थित भकारी स्कुल भनिने पञ्चायत आधारभूत विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

धरानमा ६३ वर्ष अघि स्थापित पुरानो तर ओझेलमा परेको स्कुललाई सञ्चार माध्यमको ध्यान नपुगेको विषयलाई उजागर गर्न ओझेलमा परेका ठाउँहरूमा वार्षिकोत्सव मनाउँदै आएको सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले वताए ।

सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरेले प्रेस सेन्टरले सङ्गठनको वार्षिकोत्सव सञ्चार माध्यमको ध्यान नपुगेको, ओझेलमा परेको महत्त्वपूर्ण स्थान र समुदायका विषयहरूलाई उजागर गर्न स्थलगत रूपमा मनाउँदै आएको वताए ।

धरानको पुरानो भकारी स्कुल त्यस्तै ओझेलमा परेको विद्यालय भएको पनि घिमिरेले बताए।

वार्षिकोत्सवका अवसरमा विद्यालयका कक्षा १ देखी ५ का बालबालिकाहरूलाई सेन्टरले कापी र कलम वितरण गरेको थियो ।

उक्त अवसरमा नेकपा माओवादी केन्द्रका धरान नगर अध्यक्ष तथा धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई, हर्ष सुब्बाले ओझेलमा परेको विद्यालयमा कार्यक्रम आयोजना गरेर सेन्टरले पत्रकारहरूलाई स्कुलको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको बताए ।

प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले विद्यालय ओझेलमा परेको बारेमा बताएका थिए ।

कार्यक्रममा सेन्टरका केन्द्रीय सचिव राजन केडी प्रमुख अतिथि थिए । कार्यक्रमको सभापतित्व सेन्टरका जिल्ला अध्यक्ष तीर्थ कार्कीले गरेका थिए । उक्त विद्यालय धरानमा शैक्षिक जागरणको मध्यकाल तिर २०१४ सालमा स्थापना भएको हो ।

विद्यालयका सबै छात्र छात्रालाई खाजा खुवाएको थियो। कक्षा १ देखी ८ सम्मको पठनपाठन हुने विद्यालयमा कुल ५० विद्यार्थी छन् । उनीहरूलाई प्रमुख अतिथि अतिथिहरूले शैक्षिक सामाग्री वितरण गरेका थिए ।

  1 2 3 7 11 4 9 8 10 6 5

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic