प्रदेशस्तरीय पाचौं पुष्प प्रदर्शनी व्यापार मेला माघ २५ गतेबाट

  • माघ १६, २०७९
  • २,४९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरानः फूलवारीको शहर उपनामले परिचित धरानमा माघको अन्तिम साता प्रदेशस्तरीय पाचौं पुष्प व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ ।

आयोजकले सोमवार धरानमा पत्रकार सम्मेलन गरी सो मेला सञ्चालन हुने वारेमा जानकारी दिएको हो ।

आयोजकले दिएको जानकारी अनुसार माघ २५ गते देखि २९ गतेसम्म आयोजना हुने सो मेला पव्लिक स्कुलको खेल मैदानमा हुनेछ ।

पाच दिनसम्म सञ्चालन हुने सो मेलाको प्रदेशस्तरीय पुष्प व्यापार मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन सुनसरीले पत्रकार सम्मेलन गरी स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

। धरानलाई फूलबारीको शहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले दिएको जानकारी अनुसार प्रदर्शनीमा ५ सय भन्दा वढी प्रजातिका विरुवाहरु रहनेछन् भने मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्नुका साथै ७० लाख भन्दा वढीको व्यवसायिक कारोवार हुने अनुमान रहेको छ ।

धरान–१२ स्थित पव्लिक हुने पुष्प मेलामा अफिसियल एक, प्रतिस्पर्धाको एक र व्यावसायिक ४८ गरी जम्मा ५० वटा स्टल रहने पराजुलीले बताए । ती स्टलमा मौसमी, आलङ्करिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बिउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा बिक्री गरिने बताइएको छ ।

‘यो मेलाले पुष्प व्यवसायीलाई मात्र होइन, आफ्नो घर, आँगन तथा बगैँचा सजाउन चाहनेलाई पनि उपयोगी हुने अध्यक्ष पोखरेलको विश्वास रहेको छ ।

आयोजकले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा ६५ भन्दा वढी पुप्पा व्यवसायिहरु रहेकाछन् भने वार्षिक १३ करोडको कारोवार हुने गरेको छ भने ४० करोडको लगानी रहेको छ ।

पाचौं मेलामा धरान नगरपालिकाको सिफारीसमा प्रत्येक वडाका ३ जनालाई सयपत्रि उत्पादनमा वृद्धि गराउन र यसलाई प्रभावकारी वनाउन प्रशिक्षण समेत दिइनेछ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic