धरानमा प्रदेशस्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता

  • माघ १८, २०७९
  • ४,८०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ माघ ः धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२गतेसम्म आयोजना हने भएको हो ।

आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् ।

धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान,झापा,मोरङ,इलाम,उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा बिजेत हुने पुरुषतर्फको टिमले ३० हजार नगद, उपविजताले १५ हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा थ्री पोइन्ट कम्पिटिसन विजेता महिला पुरुष खेलाडीले जनही ३ हजार ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

बास्केटबल खेल र खेलाडीलाई व्यवसायिक वनाउनका लागि यस प्रतियोगितालाई सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले वताए ।

प्रतियोगिताले धरानसँगै सिंगो प्रदेश १ खेलकुदको शहरको रुपमा परिचय गराउन थप मद्धत पुग्नुका साथै युवा पुस्तामा खेलकुदप्रति सकारात्मक सोच अभिवृद्धि गराउन मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ ।

 

 

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic