इन्टर फ्याकल्टी फुटसलको उपाधि प्लस टु व्यवथापन र विविए डिसिएमलाई

  • माघ २०, २०७९
  • २,६५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० माघः धरान उच्च कलेजका विद्यार्थीहरुद्धारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल वनेको छ ।

धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल वनेका हुन ।

छात्रातर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो ।

त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउदै विविए संकायका खेलाडी विजेता वनेका थिए ।
विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन । उनको गोल नै खेलका लागि निर्णायक वनेको थियो ।

प्रतियोगितामा १२ टिमले सहभागीता जनाएका थिए ।

खेलमा उत्कृष्ट गोलकर्ता डिसिएम सोसाइटीका प्रनिश राई घोषित भएका थिए भने वेष्ट गोलकिपर विवस श्रेष्ठ घोषित भएका भए ।

पुरुष तर्फको विजेता टिमले नगद ८ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए उपविजेता टिमले नगद ५ हजार र मेडल प्रमाण पत्र प्राप्त गरेका थिए ।

विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभएर खेलकुदको माध्यमबाट पनि अघि वढनुपर्छ र शरीरलाई पनि व्यायाम गर्नुपर्छ भन्ने उदेश्यले खेलको आयोजना गरीएको डिसिएम सोसाइटीका सदस्य प्रमुख प्रथम अग्रवालले जानकारी दिए ।

329094807_2139789662880431_314856678259501489_n 327807467_955243449264215_7998195329893483169_n 327881020_726297412394242_1586541352025237282_n 329196325_953342962496504_1841137344366964539_n 329223586_563246592502501_6043965213362543124_n 329019845_546950897204554_928921191447960007_n 327881020_726297412394242_1586541352025237282_n (1) 329003820_901555454372265_5901151632597344486_n

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic