भानु स्मृतिकोको ५९ औ वार्षिकोत्सब सम्पन्न

  • माघ २७, २०७९
  • ३,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ माघ ः सुनसरी क्षेत्र नं. १ (क) का प्रदेस संसद माननीय रमेस कुमार बस्नेतले शिक्षा क्षेत्रको बिकासका लागि आफुले सक्दो कोसिस गर्ने बताएकाछन् ।

विहिवार भानु स्मृती माध्यामिक विद्यालय धरान–३ को ५९ औ वार्षिकोत्सव तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्वोधन गर्दै वस्नेतले सो कुरा वताएका हुन ।

शिक्षा सवैको लागि अपरीहार्य विषय भएको वताउदै यस क्षेत्रको विकासका लागि अफूले सक्ने जति सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

second phot

कार्यक्रममा वोल्दै पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा ले हरेक बिद्यालयले शिक्षामा मात्र नभएर बिद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिन आग्रह गरेका थिए ।

बिद्यार्थीका प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोडदिदै प्रोत्साहनले बिद्यार्थीमा उर्जा प्राप्त हुने वताए ।

त्यसैगरी सहिद स्मृति मा.बि. का प्रधानाध्यापक राम बिष्टले आउने आर्थिक वर्षबाट दिवा खाजाको लागि प्रत्येक दिन उपलब्ध गराईदै आएको प्रती विद्यार्थी रकम १५ रुपैयाबाट बढाएर २५ रुपैया उपलब्ध गराउन सरकारसङ्ग आग्रह गरेका थिए ।

third photo

धरानका मेयर हर्क साम्पाङले शिक्षालाई प्राथमिकता दिने भने पनि अहिलेसम्म शिक्षा क्षेत्रलाई केही सम्बोधन नगरेको प्र.अ. बिष्टले आरोप लगाएका थिए ।

धरान उप–महानगरपालिका वडा न.३ का वडा अध्यक्ष बिद्या शाक्यले वडा मै एउटा मात्र रहेको सरकारी बिद्यालय भानु स्मृती मा.बि. को भौतिक पुर्बाधार बिकासका गर्नका लागि पहल गरिदिन प्रदेस साम्सद रमेस बस्नेत सङ्ग आग्रह गरेका थिए ।

कार्यक्रममा अवकास पाएका शिक्षक नारायण प्रसाद ढकाललाई प्रमुख अतिथी बस्नेतले अबिर, खदा र सम्मान–पत्रले सम्मान गरे।कार्यक्रममा गत बर्षको बार्षिक परीक्षामा बालबिकास देखि १० सम्म पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीलाई पुरस्कार बितरण गरीएको थियो ।

त्यस्तै बिद्यालयमा अक्षयकोष–छात्रबृती स्थापना गर्ने विभिन्न दाताहरुलाई समेत सम्मान गरीएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी साम्सद बस्नेतले अबिर, दोसल्ला र सम्मान–पत्रले सम्मान गरेका थिए ।

four

कार्यक्रममा शिक्षक ओम रिमालले लागू औषध बिरुद्धको जनचेतना मुलक गीत समेत प्रस्तुत गरेका थिए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रबिन्द्र सुबेदीले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic