यस पटकको पाँच दिने पुष्प मेला घाटामा, सरोकारवालाले सहयोग नगरेको गुनासो

  • फागुन १, २०७९
  • २,४०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन ः यस पटकको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला घाटा व्यहोदै सम्पन्न भएको छ ।

फ्लोरीकल्चर एसोसिएसन सुनसरीको आयोजनामा भएको पाच दिने पुष्प प्रदर्शनी व्यापार मेला घाटा व्यहोर्दै सम्पन्न भएको हो ।

आयोजकले ७० लाख कारोबार हुने अपेक्षा गरेको भएपनि पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले समापनका अवसरमा जानकारी दिए ।

आयोजकका अनुसार मेलामा १० लाख खर्च भएको जानकारी दिइएको थियो ।

मेलाका लागि प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले ५० हजार बजेट दिने भएको छ ।

मेलाका लागि धरान नगरपालिकाका वडा कार्यालयहरुलाई पनि बजेट माग गरिएको भएपनि कुन वडाबाट कति आउने भन्ने प्रष्ट हुन सकेको छैन ।

संयोजक राईका अनुसार बजेट अभावकै कारण बोन्साई प्रतिस्पर्धा र अन्य कार्यक्रमहरु स्थगित गरीएको थियो ।
संयोजक राइले धरान उपमहानगरपालिकामा १० लाखको प्रस्ताव पेश गरेको भएपनि नगरप्रमुख हर्क साम्पाङले ५० हजार मात्र तोक लगाई दिएको वताए ।

मेला घाटामा भएपनि प्रचार प्रसार भएको र आफ्नो व्यवासायको प्रदर्शनी गर्न पाएकोमा गर्व लागेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव राजेश राईले वताए ।

धरानलार्ई ग्रिनसिटी, फुलको सहर बनाउने भन्ने नारा दिएपनि धरानमै आयोजना गर्दा स्थानीय सरकारले वेवास्ता गरेर १० लाख प्रस्ताव गरेको अवस्थामा ५० हजार दिएको व्यवसायी शिव बान्तावा राईले गुनासो गरेकी थिइन ।
मेला माघ २५ गते शुरुवात भई २९ गते समापन भएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic