यस पटकको पाँच दिने पुष्प मेला घाटामा, सरोकारवालाले सहयोग नगरेको गुनासो

  • फागुन १, २०७९
  • २,१८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ फागुन ः यस पटकको पाँचौं प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला घाटा व्यहोदै सम्पन्न भएको छ ।

फ्लोरीकल्चर एसोसिएसन सुनसरीको आयोजनामा भएको पाच दिने पुष्प प्रदर्शनी व्यापार मेला घाटा व्यहोर्दै सम्पन्न भएको हो ।

आयोजकले ७० लाख कारोबार हुने अपेक्षा गरेको भएपनि पाँच दिने मेलामा मात्र १० लाख हाराहारीमा कारोबार भएको कार्यक्रमका संयोजक युमेनहाङ राईले समापनका अवसरमा जानकारी दिए ।

आयोजकका अनुसार मेलामा १० लाख खर्च भएको जानकारी दिइएको थियो ।

मेलाका लागि प्रदेश सरकारबाट २ लाख बजेट प्राप्त हुनेछ भने धरान उपमहानगरले ५० हजार बजेट दिने भएको छ ।

मेलाका लागि धरान नगरपालिकाका वडा कार्यालयहरुलाई पनि बजेट माग गरिएको भएपनि कुन वडाबाट कति आउने भन्ने प्रष्ट हुन सकेको छैन ।

संयोजक राईका अनुसार बजेट अभावकै कारण बोन्साई प्रतिस्पर्धा र अन्य कार्यक्रमहरु स्थगित गरीएको थियो ।
संयोजक राइले धरान उपमहानगरपालिकामा १० लाखको प्रस्ताव पेश गरेको भएपनि नगरप्रमुख हर्क साम्पाङले ५० हजार मात्र तोक लगाई दिएको वताए ।

मेला घाटामा भएपनि प्रचार प्रसार भएको र आफ्नो व्यवासायको प्रदर्शनी गर्न पाएकोमा गर्व लागेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव राजेश राईले वताए ।

धरानलार्ई ग्रिनसिटी, फुलको सहर बनाउने भन्ने नारा दिएपनि धरानमै आयोजना गर्दा स्थानीय सरकारले वेवास्ता गरेर १० लाख प्रस्ताव गरेको अवस्थामा ५० हजार दिएको व्यवसायी शिव बान्तावा राईले गुनासो गरेकी थिइन ।
मेला माघ २५ गते शुरुवात भई २९ गते समापन भएको थियो ।

कोशीका मन्त्रीले खोसे सचिवको गाडी

छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसि ...

डा.लेखजंग थापा बने रास्वपाको उम्मेद्वार

छाल खवर धरान,१६ भाद्रः आन्तरीक निर्वाचन मार्फत रुपन्देही ३ मा हुन लागेको नि ...

सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भ ...

सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्

छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्क ...

सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धर ...

धरानमा पहिलो पटक तिज क्विन

छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic