खाली कागजमा सही गराएर पैसा खाने दलाली एनआइसि एसिया वैंक भएको पीडितहरुको आरोप इटहरीमा लघुबित्त संस्थाबाट पीडितहरूको आक्रोश

  • फागुन २, २०७९
  • ५,०३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ फागुनः विभिन्न लघुबित्त वित्तिय संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आन्दोलन गरेकाछन् ।

सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आन्दोलन गरेका हुन् ।

आन्दोलनमा प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट पीडितहरू भेला भएर इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका थिए ।

करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् ।

लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

लघुबित्तले ऋण लिएबापत सेवा शुल्क भन्दै बढी रकम लिने, ब्याजका लागि घरै धाएर पटक–पटक यातना दिने गरेकाले आँफूहरू आन्दोलित बन्नुपरेको बताएका छन् । ब्याजदरका नाममा चर्को रकम लिएको भन्दै आन्दोलित बनेको पीडितको भनाइ छ ।

लघुबित्त ऐन अनुसार एक व्यक्तिले दोहोरो संस्थाबाट ऋण लिन पाउँदैनन् । तर, भिन्ना–भिन्नै लघुबित्तका कर्मचारीले गाउँमा जाने समिति बनाएर ऋण दिँदा स्थानीयबासी पीडित बनेको पीडितको भनाइ छ ।

छिमेकी , सहारा, मिरमिरे,स्वावलम्वन, फरवार्ड, स्वदेशी, सपोर्ट लगायत लघुबित्तका कर्मचारीले समयमा ऋण तथा ब्याज तिर्दा पनि चुक्ता नहुने, सेवा शुल्कका रूपमा विभिन्न शीर्षक बनाएर पीडा दिने आन्दोलनमा सहभागीहरूले बताएका छन् ।

सुनसरीको भोक्राहा–नरसिहं गाउँपालिकाबाट आन्दोलनमा आएकी अप्सरा खातुनले लघुबित्तकै कारण मर्नु न बाँच्नु भएको बताइन् ।

लघुबित्तका कर्मचारी आएको थाहा भयो भने घर छोडेर भाग्नुपर्ने अवस्था छ,’ उनले भनिन् ‘घर भित्र पसेर धान हेर्छन्, गाईबस्तु खोलेर लान्छु भन्छन् ।’ ऋण लिएको रकम भन्दा सावाँ ब्याज तिर्दा पनि ऋण तिरि नसकिएको कर्मचारीले बताएकाले आँफू आजित भएको उनको दुखेसो छ ।

मोरङको धनपालथान गाउँपालिकाकी मैया ऋषिदेवले एनआईसी एसिया बैंकले खाली कागजमा हस्ताक्षर गर्न लगाएर पैसा खाने दलाली भएको आरोप लगाइन् । केही समय अघि बैंकबाट ऋण लिएकी उनलाई अहिले सादा कागजमा नाम लेखेर, हस्ताक्षर गर्न लगाएको आरोप लगाइन् ।

उदयपुरको गाईघाट नगरपालिकाकी दिलुमाया खत्रीको पिडा पनि उस्तै छ । रहरले बसेको समूहले उठिबास लगाएको उनको गुनासो छ । उनले भनिन्, ‘पाँचवटा लघुबित्तबाट १० लाख ऋण लिएकी छु, के के न होला भनेर बसेँ अहिले कर्मचारी आउँछन्, गाइ फुकाउँछु, भैंसी फुकाउँछु भन्छन् ।’

पीडितहरूले मंगलबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ । कुनै समस्या सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।

टाकुरा न्युज

 

 

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic