धरान एक्स्पोमा स्थानीय उत्पादनको प्रवद्धन गरीने

  • फागुन ५, २०७९
  • १,६४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः यस पटकको धरान एक्स्पो मा स्थानीय स्तरको उत्पादनलाई प्रवद्धन गरीने भएको छ ।

आयोजक सुनसरी उद्योग वाणिज्य संघले विहिवार पत्रकार सम्मेलन गरी एक्पो आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।

फागुन ११ देखि २० गतेसम्म आयोजना हुने एक्स्पोको आयोजना धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा लागिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएका थिए ।

आयोजक संस्था सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्धन गर्न एक्स्पोको आयोजना गर्न लागिएको बताए ।

स्थानीय स्तरमा उत्पादिन साना उद्योगका सामाग्री, कृषिजन्य सामाग्री स्टलमा राखिनेछन्, धरान तथा आसपासका उत्पादनलाई हामीले प्राथमिकतामा राखेर स्टल समेत उपलब्ध गराइसकेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

कुनै समय धरान व्यापारिक केन्द्र रहे पनि धरानबाट व्यापारी विस्थापित हुँदै गएकोप्रति केन्द्रित बन्दै लगानी एक्स्पोमा व्यापारसम्बन्धी विज्ञहरु सम्मिलित गराई लगानी सम्मेलन गर्ने जानकारी दिए ।

कुनै समय धरान व्यापारिक केन्द्र थियो, तर अहिले यहाँको व्यापार खस्किएको छ, व्यापारी व्यवसायीहरुले धरानमा लगानी गर्नुभन्दा पनि विस्थापित हुने क्रम बढेर गएको छ, यसलाई निराकरण गर्दै धरानमा लगानी सम्भाव्यता बढाउन हामीले सम्मेलन गर्ने भएका हौं ।

प्रदेश सरकारको आर्थिक सहयोगमा शुरु हुन लागेको एक्स्पोमा स्थानीय कृषि उत्पादन, साना उद्योगबाट उत्पादन भएको अचार र कृषि औजारहरुको समेत स्टल रहने एक्सो संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

यसपटक कृषिलाई बढी प्राथमिकता दिएकै कारण कृषि सम्बन्धि संयोजक नै तोकिएर एक्स्पोलाई प्रभावकारी बनाउने उद्देश्य लिइएको छ ।

कृषि संयोजकमा धरानस्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईलाई तोकिएको छ ।

धरान एक्स्पो २०७९ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।

नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय १३ स्टलले आ–आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् ।

एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाईलगायत अतिथिको उपस्थिति रहनेछ ।

एक्स्पोको मुख्य प्रायोजकका रूपमा मितेरी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग बियर, हुन्डाई, त्रिवेणी ग्रुप, लक्ष्मी र यति कार्पेट रहेको आयोजकले जनाएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic