प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल सुरु

  • फागुन ५, २०७९
  • ७५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

सुनसरी क्षेत्र नं १ (ख) तर्फका प्रदेश सभा सदस्य माननिय विजयकुमार राईको प्रमुख आतिथ्यमा शुक्रवार देखि प्रतियोगिता शुरु भएको हो ।

game = 2  उद्घाटन खेलमा पुरुष तर्फ मेघा हिमालयन कलेजले एम्स नेशनल कलेजलाई ३५–३२ र महिला तर्फ सियोन स्कुलले डिपो स्कुललाई ३३–० अंकले पराजित गरेको थियो ।

धरान मेघा र एम्स कलेज विच भएको प्रतिस्पार्धात्मक खेलमा मेघा र एम्सले प्रत्येक क्वाटरमा ४–८, १३–८, १२–८ र ६–८ अंक जोडेको थियो ।

त्यसैगरि सोहि दिन भएको दोस्रो खेलमा सहज रुपमा विजयी भएका सियोज स्कुलले प्रत्येक क्वाटरमा ९, १०, ४ र १० अंक जोडेका थिए भने डिपो स्कुलले कुनै पनि अंक जोड्न सकेन ।

पानसमा द्धिप प्रज्वनल गरेर उद्घाटन गरेका प्रमुख अतिथि माननिय राईले कर्भडहलको स्तरउन्नतिका लागि आप्नो सांसद कोष वाट रकम विनियोजित गर्ने प्रतिवद्धता जनाए ।

पुर्व राखेप सदस्य समेत रहिसकेका राईले अन्य जिल्लामा भन्दा सुनसरी जिल्ला बास्केटवल संघ क्रियाशिल रहेको उनले वताए ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा संपन्न प्रदेश १ स्तरिया अन्तर कलेज बास्केटवलको दोस्रो संस्करण देखि आयोजकले प्रवेश शुल्क लिन सुरु गरेको छ ।

संघले पहिलो पटक खेल हेर्नलाई प्रवेश शुल्क लिएको हो । बास्केटवल खेललाई थप व्यवसायीक वनाउनका लागि थोरै शुल्क भएपनि सुरुवात गरिएको कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।

उनले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने उद्धेश्यले आयोजित प्रतियोगितामा सहभागि र बास्केटवल खेल विकासमा निरन्तर सहयोग पुर्याइरहेका कलेज परिवारलाई धन्यवाद दिएका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा आयोजक धरान बास्केटवल संघले धरान १७ रत्नचोक निवासी दिवंगत कुलवहादुर सेनेहाङ लिम्वु ९जुगे मामा०लाई सम्मान गरेको छ । जुगे मामाको नामले चर्चित पुर्व व्रिटिस गोर्खा सैनिक समेत रहेका कुल वहादुरले प्रदेश १ मा बास्केटवल खेल प्रवद्धन तथा विकासमा अतुलनिय योगदान पुर्याए वापत उनको योगदानलाई कदर गर्दै मनरोप्रान्त संघले सम्मान गरेको प्रदेश १ मुख्य प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास चाम्लिङ राईले कार्यक्रममा जानकारी गराए ।

लिम्वुको परिवार विदेशमा रहेको हुनाले सम्मान पत्र उनको आफन्त कार्यक्रमका विशेष अतिथि समेत रहेका धरान १८ वडाध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण अघि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राईले सम्मान पत्र वाचन गरेका थिए । सम्मानित लिम्वुको ताप्लेजुङ्ग जिल्लाको पाथिभरा याङ्वरक गाउपालिका वडा ४ साविक डुम्रिसे गाउपञ्चायत सिक्रेमा २००५ कार्तिक ७ गते जन्म र २०७६ फागुन ७ गते निधन भएको थियो ।

प्रतियोगितामा प्रदेश १ भरिका पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाएको छ ।

प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।

उद्घाटन कार्यक्रममा धरान ८ नं वडाध्यक्ष धनवहादुर राई, १० न। वडाध्यक्ष विवेक राई, ४ नं वडाध्यक्ष धन वहादुर राई, सुनसरी अध्यक्ष जनकऋषि राई, अल्फा विटा म्यानेजिङ्ग डाइरेक्टर सन्जिव राई, अध्यक्ष लोकेन्द्र श्रेष्ठ, सुनसरी बास्केटवल संघका कोषध्यक्ष गौरवमान श्रेष्ठ, प्रदेश १ पुरुष टिम क्याप्टेन विवेक श्रेष्ठ, महिला टिम क्याप्टेन राष्ट्रिय खेलाडि डा. आशा राई लगायतको उपस्थिति रहेको थियो ।

भोलिको खेल महिला तर्फ युएन र धरान मेघा र पुरुष तर्फ सिटि कलेज र डिपो कलेज, इन्जिनियर कलेज र विकेविएम विराटनगर, केन्द्रिय प्रविधि क्याम्पस हातिसार र राष्ट्रिय जनसहयोग इटहरि विच हुनेछ ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic