सुनगाभा स्कुलद्वारा बार्षिक खेलकुदको पुरस्कार बितरण

  • फागुन ५, २०७९
  • १,५४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः सुनगाभा इङ्लिस बोर्डिङ स्कुल धरान–१३ ले शुक्रबार वार्षिक खेलकुद सप्ताहको पुरस्कार बितरण गरेको छ।

स्कुलले गत माघ–२१ गते देखि २८ गतेसम्म सप्ताह ब्यापी आयोजना गरेको खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको हो ।

खेलकुद अवधिभर टेबलटेनिस, ब्याड्मिन्टन, फुटबल, भलिबल, चेस, मेमरी टेस्ट, १०० मिटर र २०० मिटर दौड भएको थियो। त्यस्तै बोरा दौड, तीन खुट्टे दौड लगायतका खेलकुदहरु आयोजना गरिएको थियो।

sunghava = cover

विभिन्न इभेन्टमा पहिलो, दोश्रो र तेश्रो हुने बिद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य उर्मिला परियार, बिशेष अतिथी अमर सेवा समाजका अध्यक्ष भुमिराज लिम्बू, साहित्यकला प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ (प्रयास) स्कुलका भाईस–प्रीन्सिपल राम रसाईली लगायतले पुरस्कार बितरण गरेका थिए ।

सप्ताहब्यापी खेलकुदमा प्ले ग्रुपदेखी कक्षा–१० सम्मका बिद्यार्थीहरु सहभागी भएको बिद्यालयले जनाएको छ।

बिद्यार्थीहरुलाई पढाईको अतिरिक्त शारीरिक र मानसिक बिकासका लागि सप्ताहब्यापी खेलकुदको आयोजना गरिएको भाईस प्रिन्सिपल रसाईलीले बताए।

कार्यक्रममा छात्रा लक्की लिम्बुले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको संचालन शिक्षिकाद्वय बालकुमारी गुरुङ र इक्सा गुरुङले संचालन गरेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic