धरान उच्चको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता शुरु

  • फागुन ५, २०७९
  • ३,४७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः धरान उच्च कलेजको आयोजनामा शुक्रवारबाट प्रदेश स्तरीय अन्तर विद्यालय छात्रछात्रा ुथ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङ र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अफिसियललाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरेका थिए ।

उद्घाटन खेलमा हिमशिखर तरहरा र मर्निङ स्टार भरौलले स्पर्धा गरेका छन् । धरान र धरानबाहिरका विद्यालयका ३५ टिमले स्पर्धा गर्दैछन् ।

dharan uchha

प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

छात्रातर्फ भने विजेताले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

स्पर्धामा खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयर्स, राइजिङ प्लेयर्स लगायतका विधामा पुरस्कृत गरिने छ ।

प्रतियोगितालाई धरानको बास्केटबलको प्रतिष्ठित क्लब हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोग गर्ने छ ।

शुक्रबारदेखि सुरु भएको खेल गते शनिबार सेमीफाइनल र फाइनलका खेल सहित समापन समारोह हुनेछ ।

पूर्वका प्राज्ञिक व्यक्तिहरु सम्बद्ध धरानकै प्रतिष्ठित विद्यालय धरान सेकेन्डरी स्कुल ९धरान उच्च० ले रजत वर्षको शुभारम्भ बास्केटबल प्रतियोगिताबाट गरेको छ ।

रजत वर्षलाई उत्सवका रुपमा मनाउने क्रममा खेलकुदलाई प्राथमिकता दिंदै बास्केट बल प्रतियोगिताबाट सुरुवात गरिएको प्रअ चित्रप्रसाद ढुंगेलले जानकारी दिए ।

धरान उच्च व्यवस्थापनले धरान सेकेन्डरी स्कुलसहित धरान कलेज अफ म्यानेजमेन्ट, विरेन्द्र मेमोरियल कलेजलगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शिवनारायण शाह, धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेल, प्राध्यापक गंगा चौलागाई, चन्द्र फोम्वो लिम्वु लगायत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic