धरान उच्चको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता शुरु

  • फागुन ५, २०७९
  • ३,४२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ फागुन ः धरान उच्च कलेजको आयोजनामा शुक्रवारबाट प्रदेश स्तरीय अन्तर विद्यालय छात्रछात्रा ुथ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङ र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अफिसियललाई बल हस्तान्तरण गर्दै खेलको शुभारम्भ गरेका थिए ।

उद्घाटन खेलमा हिमशिखर तरहरा र मर्निङ स्टार भरौलले स्पर्धा गरेका छन् । धरान र धरानबाहिरका विद्यालयका ३५ टिमले स्पर्धा गर्दैछन् ।

dharan uchha

प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

छात्रातर्फ भने विजेताले नगद ३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

स्पर्धामा खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयर्स, राइजिङ प्लेयर्स लगायतका विधामा पुरस्कृत गरिने छ ।

प्रतियोगितालाई धरानको बास्केटबलको प्रतिष्ठित क्लब हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोग गर्ने छ ।

शुक्रबारदेखि सुरु भएको खेल गते शनिबार सेमीफाइनल र फाइनलका खेल सहित समापन समारोह हुनेछ ।

पूर्वका प्राज्ञिक व्यक्तिहरु सम्बद्ध धरानकै प्रतिष्ठित विद्यालय धरान सेकेन्डरी स्कुल ९धरान उच्च० ले रजत वर्षको शुभारम्भ बास्केटबल प्रतियोगिताबाट गरेको छ ।

रजत वर्षलाई उत्सवका रुपमा मनाउने क्रममा खेलकुदलाई प्राथमिकता दिंदै बास्केट बल प्रतियोगिताबाट सुरुवात गरिएको प्रअ चित्रप्रसाद ढुंगेलले जानकारी दिए ।

धरान उच्च व्यवस्थापनले धरान सेकेन्डरी स्कुलसहित धरान कलेज अफ म्यानेजमेन्ट, विरेन्द्र मेमोरियल कलेजलगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शिवनारायण शाह, धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेल, प्राध्यापक गंगा चौलागाई, चन्द्र फोम्वो लिम्वु लगायत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic