प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि होलील्याण्ड स्कुलको पोल्टामा

  • फागुन ६, २०७९
  • ४,९६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ फागुन ः धरानमा शुक्रवारबाट जारी प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टर नेशनल वोडिङ स्कुलले हात पारेको छ ।

धरान उच्च कलेजले आयोजना गरेको प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि होलील्याण्डले हात पारेको हो ।

होलील्याण्डले धरान कै सगरमाथा स्कुललाई पराजित गरी उपाधि हात पार्न सफल वनेको थियो ।

14  final second photo

प्रतियोगिताको विजेता विजेता वनेको होलील्याण्डले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ भने उपविजेता सगरमाथा स्कुलले नगद २५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

त्यसैगरी छात्रातर्फको खेलमा पनि होलील्याण्डले नै उपाधि चुम्न सफल वनेको थियो । होलील्याण्डले आफ्नै स्कुलको अर्को टिमलाई पराजित गरी उपाधि चुम्न सफल वनेको थियो ।

छात्रातर्फको विजेता टिमले ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिम होलील्याण्डले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल वनेको छ ।

प्रतियोगितामा छात्रातर्फ कार्मेल स्कुलकी प्रान्जल लिम्वुल मोस्ट भ्यालुएबल खेलाडी घोषित भएकी थिइन भने छात्रतर्फ दिल्ली पव्लिक स्कुलका नुभा राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भए

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीमा होलील्याण्डकी नुमा लिम्वु घोषित वनेकी थिइन भने छात्रतर्फ होलील्याण्डका सिपु लिम्वु घोषित भएका थिए ।

प्रतियोगितामा धरान र धरानबाहिरका गरी ३५ टिमले स्पर्धा गरेका थिए ।

धरान सेकेन्डरी स्कुल ९धरान उच्च०ले रजत वर्षको शुभारम्भमा बास्केटबल प्रतियोगिता आयोजना गरेको हो

रजत वर्षलाई उत्सवका रुपमा मनाउने क्रममा खेलकुदलाई प्राथमिकता दिंदै बास्केट बल प्रतियोगिताबाट सुरुवात गरिएको प्रअ चित्रप्रसाद ढुंगेलले जानकारी दिए ।

प्रदेश १ का पूर्व प्रमुख तथा विद्यालयका संस्थापक गोविन्द तुम्बाहाङले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

धरान उच्च व्यवस्थापनले धरान सेकेन्डरी स्कुलसहित धरान कलेज अफ म्यानेजमेन्ट, विरेन्द्र मेमोरियल कलेजलगायत शैक्षिक संस्था सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई धरानको बास्केटबलको प्रतिष्ठित क्लब हराइजन बास्केटबल क्लबले प्राविधिक सहयोग गर्ने छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शिवनारायण शाहले अध्यक्षता गरेका थिए भने धरान उच्चका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेल, प्राध्यापक गंगा चौलागाई, लगायत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

1 3 4 6 8 9 7 5

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic