मदिरा संघको अध्यक्षमा लील कुमार

  • फागुन १६, २०७९
  • ६,८३१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार  माझी निर्वाचित भएका छन् ।

संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् ।

धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन ।

photo 2 1 यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् ।

त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन ।

निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथी नेपाल मदिरा व्यबसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा रहेका थिए ।

यसैगरी मदिरा व्यवसायी संघका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठ , कम्पनी तथा डिलरका प्रमुखहरुको उपस्थित रहेको थियो ।

सचिव प्रदिप कुमार श्रेष्ठले संघले गरेको कार्यहरुको प्रतिवेदन पेश गरेका थिए ।

सह कोषाध्यक्ष निमेश अग्रवालले आफ्नो कार्यकालमा भएको आय व्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघका सल्लाहकार मनोज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । देशको राजस्व संकलन गर्ने एक मात्र व्यवसाय मदिरा व्यवसाय भएपनि राज्यले हेर्ने दृष्टिकोण भने सकारात्मक नभएको गुनासो गरेका थिए ।

श्रेष्ठका अनुसार बैंकहरुमा सहजको बाताबरण नबनेको कारण सहुलियत बैंक ब्याज्दर देखि लिएर चर्को व्याजदर झेल्नु परेको बताए । मदिरा व्यवसायीहरुले सानोतिनो कमिकम्जोरी गर्दा नि निकै समस्या भोग्नु परेको सुनाए ।व्वसायीहरु वीचमै अस्वास्थ्यप्रतिस्पर्धा भएको कारण पनि व्यवसायीहरुमा समस्या रहेको बताए ।

प्रमुख अतिथी नेपाल मदिरा व्यवसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले पछिल्लो समय स्थानिय जनप्रतिनिधीहरुले मदिरा व्यवसायीहरुलाई मदिरा बेच्न प्रतिबन्धित गर्दा साना व्यपारीहरु मारमा परेको वताएका थिए ।

उनले सरकार पक्षबाट सवैभन्दा वढी मारमा मदिरा व्यवसायी परेको वताउदै बैंकको व्याजकै कारण निकै ठुलो समस्या भोग्नु परेको र व्यवसाय गर्ने अवस्था नभएको उल्लेख गरेका थिए ।

उनले वैंकको व्याजदरका कारण व्यवसायीहरु आत्महत्या गर्न वाध्य हुँदै गएको दावी समेत गरेका थिए ।

उनले पछील्लो समय नकल्ली रक्सीको कारोबारले गर्दा व्यवसायी मारमा परेकोले सबैलाई गाह्रो भईरहेकोले अब यस्ता व्यवसायी हरुलाइ बहिष्कार गर्न तर्फ लाग्न सबै मदिरा व्यवसायीलाई आग्रह समेत गरेका थिए ।

तीनजना सम्मानीत

कार्यक्रममा तीन जनालाई सम्मनित गरीएको थियो । सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी युगल कुमार श्रेष्ठ , पत्रकार विनोद विश्वकर्मा र नेपाल डिस्ट्रिलरी प्रालिका कर्मचारी तुलसी अधिकारीलाई सम्मान गरिएको थियो ।

4 1

यसैगरी संघलाई सहयोग गर्ने तीन कम्पनीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । जसमा गोरखा ब्रुअरी सर्वोत्कृष्ट र जावला खेल ग्रुप इन्डस्ट्रीजलाई उत्कृष्ट सहयोगीको रुपमा थिए ।

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय ...

सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्न ...

प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको

छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्या ...

हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन

छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग ...

एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीह ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic