मदिरा संघको अध्यक्षमा लील कुमार

  • फागुन १६, २०७९
  • ६,९३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार  माझी निर्वाचित भएका छन् ।

संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् ।

धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन ।

photo 2 1 यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् ।

त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन ।

निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका प्रमुख अतिथी नेपाल मदिरा व्यबसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा रहेका थिए ।

यसैगरी मदिरा व्यवसायी संघका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठ , कम्पनी तथा डिलरका प्रमुखहरुको उपस्थित रहेको थियो ।

सचिव प्रदिप कुमार श्रेष्ठले संघले गरेको कार्यहरुको प्रतिवेदन पेश गरेका थिए ।

सह कोषाध्यक्ष निमेश अग्रवालले आफ्नो कार्यकालमा भएको आय व्याय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघका सल्लाहकार मनोज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । देशको राजस्व संकलन गर्ने एक मात्र व्यवसाय मदिरा व्यवसाय भएपनि राज्यले हेर्ने दृष्टिकोण भने सकारात्मक नभएको गुनासो गरेका थिए ।

श्रेष्ठका अनुसार बैंकहरुमा सहजको बाताबरण नबनेको कारण सहुलियत बैंक ब्याज्दर देखि लिएर चर्को व्याजदर झेल्नु परेको बताए । मदिरा व्यवसायीहरुले सानोतिनो कमिकम्जोरी गर्दा नि निकै समस्या भोग्नु परेको सुनाए ।व्वसायीहरु वीचमै अस्वास्थ्यप्रतिस्पर्धा भएको कारण पनि व्यवसायीहरुमा समस्या रहेको बताए ।

प्रमुख अतिथी नेपाल मदिरा व्यवसायी संघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले पछिल्लो समय स्थानिय जनप्रतिनिधीहरुले मदिरा व्यवसायीहरुलाई मदिरा बेच्न प्रतिबन्धित गर्दा साना व्यपारीहरु मारमा परेको वताएका थिए ।

उनले सरकार पक्षबाट सवैभन्दा वढी मारमा मदिरा व्यवसायी परेको वताउदै बैंकको व्याजकै कारण निकै ठुलो समस्या भोग्नु परेको र व्यवसाय गर्ने अवस्था नभएको उल्लेख गरेका थिए ।

उनले वैंकको व्याजदरका कारण व्यवसायीहरु आत्महत्या गर्न वाध्य हुँदै गएको दावी समेत गरेका थिए ।

उनले पछील्लो समय नकल्ली रक्सीको कारोबारले गर्दा व्यवसायी मारमा परेकोले सबैलाई गाह्रो भईरहेकोले अब यस्ता व्यवसायी हरुलाइ बहिष्कार गर्न तर्फ लाग्न सबै मदिरा व्यवसायीलाई आग्रह समेत गरेका थिए ।

तीनजना सम्मानीत

कार्यक्रममा तीन जनालाई सम्मनित गरीएको थियो । सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी युगल कुमार श्रेष्ठ , पत्रकार विनोद विश्वकर्मा र नेपाल डिस्ट्रिलरी प्रालिका कर्मचारी तुलसी अधिकारीलाई सम्मान गरिएको थियो ।

4 1

यसैगरी संघलाई सहयोग गर्ने तीन कम्पनीलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । जसमा गोरखा ब्रुअरी सर्वोत्कृष्ट र जावला खेल ग्रुप इन्डस्ट्रीजलाई उत्कृष्ट सहयोगीको रुपमा थिए ।

सुनसरी ३ का तीनसय बढी युवा एमाले प्रवेश

छाल खवर धरान,१० फागुनः सुनसरी क्षेत्र नं. ३ का तीनसय भन्दा बढी युवाहरु एमाल ...

धरान १० के रनको उपाधि नरेन्द्र सिंह रावत र सन्तोषी

छाल खवर धरान, ९ फागुनः धरानको प्रतिष्ठित दौडको रुपमा रहेको धरान १०के रनको उ ...

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस

छाल खवर धरान,८ फागुनः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ को अभिभावक दिव ...

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic