कोशी प्रदेशले द्धन्द्धको विजारोपण गरेको छ अध्यक्ष राई

  • फागुन २०, २०७९
  • ७,९३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० फागुनः जनता समाजवादी पार्टी नेपालको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले ऐतिहासिक भूमि, यहाँका आदिवासी समुदायको पहिचान मेटाउने षडयन्त्रपूर्ण नामकरणको विरुद्धमा सरोकारवालाहरूसँग मिलेर आन्दोलनको घोषणा गर्ने तयारी गरीरहेको वताएकाछन् ।

पत्रकार महासङ्घ कार्यालय सुनसरीको सभाहलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले सो कुरा वताएका हुन् ।

राईले प्रदेश सरकारले प्रदेश सभामा नामाकरणको सवालमा खुल्ला छलफल, बहस नगरी रातारात छलेर छापामार शैलीमा कोशी प्रदेश गरेको दावी गर्दै ऐतिहासिक भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरिदिएको आरोप लगाएकाछन् ।

उनले कोशी सबैको साझा पहिचान नभएको वताउदै लुकिछिपी प्रस्ताव किन ल्याइयो भनी प्रश्न समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा यो नामले आम जनसमुदायको माग भावना र जनादेशलाई सम्बोधन नगर्ने समेत उल्लेख गरीएको छ ।

यसले देश प्रतिगमनतिर गइरहेको पुष्टि गरेको उल्लेख गर्दै कोशी नाम खारेजीको आन्दोलन लिम्बुवान, किरात, शेर्पालुङ सहित १० प्लस १ प्रदेश सुनिश्चित नभएरसम्म जारी रहने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, मधेस राष्ट्रिय समिति अध्यक्ष जयराम यादव, शेर्पालुङ राष्ट्रिय समिति संयोजक नुर्वु शेर्पा, शिल्पीरदलित राष्ट्रिय समिति सह–इञ्चार्ज दलमर्दन कामी, प्रवास विशेष समिति इन्चार्ज आङकाजी शेर्पाले हस्ताक्षर गरेकाछन् ।

पार्टीका केन्द्रीय सदस्य भीम राईले प्रदेश सभामा उपस्थित भए पनि जसापाका सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई कोशी प्रदेशको विपक्षमा मतदान गर्नबाट वञ्चित गरिएको जिकिर समेत गरेका थिए ।

९३ सदस्य प्रदेश सभामा मतदानका बेला ८७ जना सदस्यहरू उपस्थित थिए । त्यस मध्ये ढिलो आएकोमा जसपाकी सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बु र राप्रपाकी सांसद सबिना बजगाईँले मतदानमा भाग लिन पाएनन् ।कोशी प्रदेशको पक्षमा ८२, विपक्षमा ४ मत परेको थियो ।

त्यसपछिका दिनहरुमा पहिचान पक्षधरहरुले विभिन्न स्थानमा कोशी प्रदेश नामाकरण विरोधमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएकाछन् ।

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic