कोशी प्रदेशले द्धन्द्धको विजारोपण गरेको छ अध्यक्ष राई

  • फागुन २०, २०७९
  • ७,९६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० फागुनः जनता समाजवादी पार्टी नेपालको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले ऐतिहासिक भूमि, यहाँका आदिवासी समुदायको पहिचान मेटाउने षडयन्त्रपूर्ण नामकरणको विरुद्धमा सरोकारवालाहरूसँग मिलेर आन्दोलनको घोषणा गर्ने तयारी गरीरहेको वताएकाछन् ।

पत्रकार महासङ्घ कार्यालय सुनसरीको सभाहलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष राईले सो कुरा वताएका हुन् ।

राईले प्रदेश सरकारले प्रदेश सभामा नामाकरणको सवालमा खुल्ला छलफल, बहस नगरी रातारात छलेर छापामार शैलीमा कोशी प्रदेश गरेको दावी गर्दै ऐतिहासिक भूमिमा विद्रोहको दीर्घकालीन बीजारोपण गरिदिएको आरोप लगाएकाछन् ।

उनले कोशी सबैको साझा पहिचान नभएको वताउदै लुकिछिपी प्रस्ताव किन ल्याइयो भनी प्रश्न समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा यो नामले आम जनसमुदायको माग भावना र जनादेशलाई सम्बोधन नगर्ने समेत उल्लेख गरीएको छ ।

यसले देश प्रतिगमनतिर गइरहेको पुष्टि गरेको उल्लेख गर्दै कोशी नाम खारेजीको आन्दोलन लिम्बुवान, किरात, शेर्पालुङ सहित १० प्लस १ प्रदेश सुनिश्चित नभएरसम्म जारी रहने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा जसपा सम्बद्ध किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, मधेस राष्ट्रिय समिति अध्यक्ष जयराम यादव, शेर्पालुङ राष्ट्रिय समिति संयोजक नुर्वु शेर्पा, शिल्पीरदलित राष्ट्रिय समिति सह–इञ्चार्ज दलमर्दन कामी, प्रवास विशेष समिति इन्चार्ज आङकाजी शेर्पाले हस्ताक्षर गरेकाछन् ।

पार्टीका केन्द्रीय सदस्य भीम राईले प्रदेश सभामा उपस्थित भए पनि जसापाका सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई कोशी प्रदेशको विपक्षमा मतदान गर्नबाट वञ्चित गरिएको जिकिर समेत गरेका थिए ।

९३ सदस्य प्रदेश सभामा मतदानका बेला ८७ जना सदस्यहरू उपस्थित थिए । त्यस मध्ये ढिलो आएकोमा जसपाकी सांसद तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बु र राप्रपाकी सांसद सबिना बजगाईँले मतदानमा भाग लिन पाएनन् ।कोशी प्रदेशको पक्षमा ८२, विपक्षमा ४ मत परेको थियो ।

त्यसपछिका दिनहरुमा पहिचान पक्षधरहरुले विभिन्न स्थानमा कोशी प्रदेश नामाकरण विरोधमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएकाछन् ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic