गोर्खा वीर योद्धाहरूको सम्मानमा ट्रायल ब्लेजर दौड

  • फागुन २१, २०७९
  • ५,७२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ फागुन ः गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
ट्रष्टले आगामी चैत ४ गते धरानमा सो दौडको आयोजना गर्न लागेको हो ।

हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो सोही अवसरमा धरानमा पनि गर्न लागेको आयोजकले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

गोर्खा ट्रायल ब्लेजरले नेपाल सो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

दौडको रुट धरान–१८ रत्न चौकबाट मङ्गलवारे चौक, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुका स्थित गोर्खा स्मृति पार्कसम्म गन्तव्य तोकिएको अध्यक्ष राईले वताएकाछन् । दौडको दुरी ८ किलोमिटर ५०० मिटर हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ५ हजार र चौथो सान्त्वना पुरस्कार ३ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा आयोजकले वताएको छ । प्रतियोगितामा करिव १० लाख खर्च लाग्ने अनुमान रहेको आयोजक समितिका अध्यक्ष राईको भनाई रहेको छ । प्रतियोगितालाई निरन्तरता दिइने उनले बताए ।

प्रतियोगिताको समापन धरान–२० स्थित गोर्खा पार्कमा हुने समापन समारोहमा तीनजना पूर्व गोर्खा वीर योद्धाहरूलाई गरिने छ ।

आयोजकका अनुसार सम्मानित हुने वीर गोर्खाहरूमा ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान–११ मा बसोबास गर्दै आएका १०१ वर्षीय धनदल लिम्बु र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मानबहादुर लिम्बु छन् ।

ट्रष्टका अध्यक्ष राईले प्रतियोगितामा १ सय ५० जना भन्दा बढीको सहभागिता हुने जानकारी दिएकाछन् ।
सम्मेलनमा गोर्खा स्मृति पार्कका अध्यक्ष हरी लिम्वुले गोर्खा ट्रायल ब्लेजर दौडले पर्यटनको गन्तव्य स्मृति पार्कको ख्यातिमा पनि योगदान गर्ने विश्वास व्यक्त गरे ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic