धरान लिगामेन्ट स्कुलमा अभिभावकहरुलाई मनोरन्जन

  • फागुन २२, २०७९
  • ७,५१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ फागुन ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ का अभिभावकहरु सोमवार दंग थिए ।उनीहरु आफ्ना छोरा छोरीहरुले देखाएको प्रतिभा देखेर दंग भएका हुन् ।
हल भरी खचाखच अभिभावकको भीडमा आफ्ना छोराछोरीले विभिन्न विषयमा प्रतिभा देखाएका थिए । अभिभावकको भीडमा विद्यार्थीहरुले पढाईका अतिरिक्त प्रतिभा प्रष्फुुटन गरेको दृष्यले अभिभावक पनि कम हर्षित देखिएका थिएनन् ।
यस्तो कार्यक्रममा अन्य विद्यालयले कमै गर्ने गरेकाछन् । धरान लिगामेन्टले पढाईका अतिरिक्त विद्यार्थीहरु भित्र लुकेर रहेको वहुप्रतिभा पस्कनको लागि सोमवार अभिभावक माझ विद्यार्थी भन्ने कार्यक्रम समेत आयोजना गरेको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न कार्यक्रमहरुको प्रस्तुति देखाएका थिए सो क्रममा फेशन शो, लाखे नाच, आकर्षक नृत्यका साथै गीत प्रस्तुत गरेर अभिभावकहरुलाई मनोरन्जन दिलाएका थिए ।

news secone photo

कार्यक्रममा धरान उप–महानगरपालिका वडा नम्बर–१६ का वडा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि मुरारी भट्टराईले बिद्यार्थीहरुले प्रस्तुत गरेको प्रतिभाको प्रसंशा गरे । उनले धरान– १६ का विद्यालयहरु शैक्षिक गुणस्तर कायम रहेको भन्दै वडा भित्रको शिक्षाको प्रभावकारीता रहेको भन्दै खुशी व्यक्त गरेको थिए ।

यस कार्यमा साथ दिन उनले सबै सङ्ग आग्रह गरे। कितावी ज्ञानको कुरा त परिक्षामा आउने परिणामले देखाउने कुरा हो तर उनीहरु भित्र लुकेर रहेको प्रतिभा देखाउनको लागि त कुनै न कुनै अवसर हुनु पर्दछ त्यसैको लागि हामीले यस्तो कार्यक्रम आयोजना गरेको स्कुलका निर्देशक दुर्गा सुवेदीको भनाई रहेको छ ।
कितावी ज्ञानसंगै विद्यार्थीहरुमा भएको भित्रि क्षमता प्रस्तुत गर्नको लागि यस्तो कार्यक्रमहरु फलदायी र विद्यार्थीहरुका लागि अवसर पनि हुने सुवेदीले वताए ।

fout news

अभिभावकहरुलाई मनोरन्जन प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको स्कुलका प्रीन्सिपल तेजमान लिम्बुले बताए। अभिभावक इन्द्र बहादुर कार्कीले आफ्ना छोराछोरी उत्कृष्ट होउन भन्ने चाहना हरेक अभिभावकमा हुने भएकाले त्यसको लागि वातावरण बनाउन सबैको भुमिका महत्वपुर्ण हुने बताए।

स्कुलकी भाईस–प्रिन्सिपल सोनु राई(सुवेदी)ले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन शिक्षिका नमिता लिम्बुले गरेकी थिइन।

सोमबार र मङ्गलबार होली पर्व परेकाले होलीको शुभ(कामना आदान प्रदान समेत भएको थियो।उल्लेख्य मात्रामा उपस्थित भएका अभिभावकहरु बिद्यार्थीको प्रस्तुति हेरेर उत्साही भएका थिए।

news p[hoto news phoot

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic