सुनसरीका आचार्य खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

  • फागुन ३०, २०७९
  • ३,४८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर,
धरान ३० फाल्गुणः सुनसरी जिल्लाका युवा नेता असिम आचार्य नेकपा (एमाले) सम्बद्ध नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

कोशि प्रदेशको राजधानि बिराटनगरमा हालै सम्पन्न महासंघको महाधिवेशनले आचार्यलाई खुल्लातर्फको केन्द्रिय सदस्यमा निर्वाचित गरेको हो ।

उक्त महाधिवेशनले पर्शुराम बस्नेतको नेतृत्वमा १७ सदस्यीय पदाधिकारी सहित १७१ सदस्यीय केन्द्रिय सदस्य चयन गरेको थियो ।

    महाधिवेशन अवधीमा सडक दुर्घटनामा परि अर्घाखाचिका प्रतनिधि प्रकाश महतको मृत्यु भएपछि १३ दिन सम्म कुनै पनि कार्यक्रम नगरेको महासंघले नवनिर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रम गत शुक्रबार मात्रै सम्पन्न गरेको हो ।

नवनिर्वाचित कमिटिले नेकपा (एमाले) का अध्यक्ष केपि ओलिबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

खुल्लातर्फको केन्द्रिय सदस्यमा निर्वाचित काठमाण्डौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट विद्यार्थी कल्याणकारी परिषद्का पुर्व अध्यक्ष आचार्य यस अघि पनि महाधिवेशन आयोजक कमिटि सदस्य थिए ।

सुनसरीका आचार्य राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको नेपाल फुटसल संघको केन्द्रिय सचिव पनि हुन । राजनितिक पुष्ठभूमी भएको परिवारबाट आएका आचार्य नेकपा (एमाले) का स्थायी कमिटि सदस्य तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्रि भीम आचार्यका सुपुत्र हुन् ।

यसैगरि सुनसरी कै पुर्व राष्ट्रिय खेलाडि विप्लब घोष केन्द्रिय सचिवमा निर्वाचित भएका छन् । खेलकुद क्षेत्रमा लामो समय काम गरेका घोष यस अघिको आयोजक कमिटिमा स्थायि कमिटि सदस्य रहेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic