गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न सकिन्न– अध्यक्ष नेपाल

  • चैत १२, २०७९
  • ६,०२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१२ चैत ः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताएकाछन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) को प्रशिक्षण तथा केन्द्रीय कमिटी को तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताका हुन् ।

अध्यक्ष नेपालले त्यसका विरुद्ध नै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए । कम्युनिष्ट पार्टीले समाज र मानिसको मानसिकता परिवर्तन गर्न मानिसको संस्कार परिवर्तन गर्नु पर्ने उनको भनाई रहेको थियो ।

अध्यक्ष नेपालले गठबन्धनको दृष्टीकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अवको सरकार सञ्चालन हुने भन्दै वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेश अनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सहि सोच र दृष्टिकोणका साथ अगाडि बढने हुँदा गठबन्धन भत्किने संभावना नरहेको प्रष्ट पारेका थिए ।

अध्यक्ष नेपालले मुलुकमा बढदै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौति रहेको विचार व्यक्त गरेका थिए । उनले जनसंगठन विस्तार गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जयन्ती राई ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा मोर्चा सङ्गठनका उपप्रमुख भविसोर पराजुली लगायत नेताहरूले शुभकामना दिएका थिए । कार्यक्रम नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) का अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic