गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न सकिन्न– अध्यक्ष नेपाल

  • चैत १२, २०७९
  • ५,९७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं ,१२ चैत ः  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताएकाछन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) को प्रशिक्षण तथा केन्द्रीय कमिटी को तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गलत चिज र प्रवित्तिसँग सम्झौता गर्न नसकिने बताका हुन् ।

अध्यक्ष नेपालले त्यसका विरुद्ध नै कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए । कम्युनिष्ट पार्टीले समाज र मानिसको मानसिकता परिवर्तन गर्न मानिसको संस्कार परिवर्तन गर्नु पर्ने उनको भनाई रहेको थियो ।

अध्यक्ष नेपालले गठबन्धनको दृष्टीकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अवको सरकार सञ्चालन हुने भन्दै वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेश अनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सहि सोच र दृष्टिकोणका साथ अगाडि बढने हुँदा गठबन्धन भत्किने संभावना नरहेको प्रष्ट पारेका थिए ।

अध्यक्ष नेपालले मुलुकमा बढदै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौति रहेको विचार व्यक्त गरेका थिए । उनले जनसंगठन विस्तार गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जयन्ती राई ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा मोर्चा सङ्गठनका उपप्रमुख भविसोर पराजुली लगायत नेताहरूले शुभकामना दिएका थिए । कार्यक्रम नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी ) का अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic