हात्तिसार क्याम्पसमा स्वर्ण महोत्सवको तयारी पुरा

  • चैत १४, २०७९
  • १०,९५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ चैत ः नेपालको एक मात्र खाद्य प्रविधिको पढाई हुने केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको छ ।

२०३० सालमा स्थापना भएको क्याम्पसले ५० वर्ष पुरा गरेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको हो ।

स्वर्ण जयन्तीका अवसरमा यस अघि विभिन्न खेलकुद लगायतका कार्यक्रम सम्पन्न भई सकेको सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले वताइन् ।

अधिकारीका अनुसार वुधवार (भोली) विहान प्रभात फेरी र दिउसो स्थापना कालका संचालकहरुसंग अन्र्तक्रिया कार्यक्रम लगायत सास्कृतिक कार्यक्रमहरु संचालन हुनेछ ।

सो अवसरमा क्याम्पस परिसारमा वर्तमान क्याम्पस प्रमुख दिलकुमार लिम्वुले आफ्नो पिता हिम लिम्वु र माता टिका लिम्वुको स्मृतिमा निर्माण गरीएको घण्टाघरको उद्घाटन, ६५ जना विद्यार्थीहरुको क्षमता भएको ३ करोड १७ लाखमा निर्मित छात्रवासको उद्घाटन, स्मारीका विमोचन लगायतको कार्यक्रमहरु संचालन हुने अधिकारीको भनाई रहेका छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगत नेपालको एक मात्र खाद्य प्रविधि सम्वन्धि पढाई हुने क्याम्पसको रुपमा रहेको सो क्याम्पसमा सुक्ष्म जीव विज्ञान,पोषण तथा आधार विज्ञान,भौतिक शास्त्र,प्राणी शास्त्र,वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र,रशायन शास्त्र,भुगर्व शास्त्र,सुचना प्रविधि, कम्प्युटर विज्ञान तथा सुचना प्रविधि जस्ता विषयहरुमा स्नातक तथा सुक्ष्म जीव विज्ञान विषयमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रमहरु संचालन हुदै आएको छ ।

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic