हात्तिसार क्याम्पसमा छात्रवास र घण्टाघर एक साथ उद्घाटन

  • चैत १५, २०७९
  • ५,५१२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ चैत ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले स्वर्ण महोत्सवका अवसरमा छात्रवासको उद्घाटन गरेको छ ।

स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनको उद्घाटन गरेको हो ।

भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दालहालले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए ।

६५ जना विद्यार्थीहरु वस्न मिल्ने सो छात्रवासको लागत ३ करोड १७ लाख रुपैयाको लागतमा निर्माण भएको क्याम्पसकी सहायक क्याम्पस प्रमुख बविता अधिकारीले जानकारी दिएकीछिन् ।

क्याम्पसमा यसअघि छात्राहरुका लागि मात्र छात्रावास थियो । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको सङ्ख्यामा छन् ।

स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुले परिवारको लगानीमा निर्मित घण्टाघरको पनि उद्घाटन गरीएको थियो । ३२ लाख रुपैयाको लागतमा निर्माण गरिएको ‘हिम(टिका क्लक टावर’ क्याम्पस प्रमुख लिम्बुको परिवारले माता, पिताको स्मृतिमा निर्माण गरिएको हो ।

सोही अवसरमा क्याम्पसलाई जग्गादान गर्ने जग्गादाता लगायत विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान गरीएको थियो ।

केन्द्रीय प्रविधि क्याम्पस खाद्य प्रविधिमा पिएचडीसम्मको अध्ययन अध्यापन हुने नेपालको पहिलो क्याम्पस हो । क्याम्पस स्थापनाको ५० औँ वर्ष पुरा भएको अवसरमा बुधवार स्वर्ण जयन्ती समारोह आयोजना गरिएको थियो ।
क्याम्पस स्थापना २०३० सालमा भएको थियो ।

सोही अवसरमा स्वर्ण महोत्सव स्मारीका समेत विमोचन गरीएको थियो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic