सुनसरी–१ बाट निर्वाचित अशोक राई शिक्षा मन्त्री नियुक्त

  • चैत १७, २०७९
  • ५,२६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ चैतः सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित अशोक कुमार राई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा सुनसरी–१ बाट संघीय प्रतिनिधि सभा सदस्य अशोक राई वरियताको पाँचौ नम्बर सहित शिक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।

राईले मन्त्री परिषदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका हुन् ।

राई सुनसरी क्षेत्र नं. १ बाट एमाले र जनता समाजवादीको गठवन्धनबाट चुनाव लडेका थिए । उनी चुनाव लडदै गर्दा नै मन्त्री हुने उमेद्वार भएकोले चुनाव जिताउनु पर्ने तर्क कार्यकर्ताहरुले गरेका थिए । यद्यपी उनी निर्वाचित भए पश्चात मन्त्री समेत वनेकाछन् ।

राई यस अघि यातायात मन्त्री र स्वास्थ्य मन्त्री भइसकेकाछन् ।

सुनसरी क्षेत्र नं. १ का जनताले राईबाट ठूलो अपेक्षा गरेकाछन् । राई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत हुन् ।

अशोक राईको राजनीतिक जीवन

२०२९ मा कम्युनिस्ट आन्दोलनमा जोडिएका अशोक राई २०३१ सालमा विद्यार्थी परिषद् सदस्य भएका थिए । ‘राँको समूह’को नेतृत्व गरिरहेका उनी २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी लेनिनवादी) का सदस्य भए । २०३६ सालमा पूर्णकालीन भएर भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पार्टीको संगठन विस्तार गरे ।

ashok rai news photo final

२०३७ मा नेकपा (माले)को सदस्य भएका राई २०४६ सालमा केन्द्रीय सदस्य भए । २०४७ सालमा नेकपा ९एमाले० बनेपछि केन्द्रीय सदस्य र २०५९ मा स्थायी कमिटी सदस्य भए । २०६५ मा भएको आठौं महाधिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपाध्यक्षमा निर्वाचित भए राई ।पूर्वी पहाडमा पार्टी संगठन र कम्युनिस्ट आन्दोलन विस्तारमा अशोक राईको ठूलो भूमिका छ । उनले संगठितरप्रशिक्षित गरेका धेरै नेता आज एमालेको नेतृत्व तहमा छन् ।

अशोककुमार राईको संसदीय जीवनमा फाप सिद्ध भएको पार्टी हो, नेकपा एमाले । तर अहिले एमाले सत्ताइतर छ । २०४८ सालदेखिको राईको संसदीय यात्रा, एमालेमा छँदा फलदायी र एमाले छाड्दा निष्प्रभावी देखिएको थियो । ०४८ सालमा सुनसरी १ मा आकांक्षीका रुपमा थिए राई । तत्कालीन पार्टी समायोजनले उनलाई खोटाङ पुर्यायो ।

३१ वर्षपछि सुनसरी फर्किएका राई एमालेकै मतले निर्वाचित भए । राई २०४८ मा खोटाङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । ०५१ मा खोटाङ २ बाटै प्रतिनिधिसभामा चुनिए । ०५६ मा उदयपुर झरेपछि उनी पराजित भएका थिए । नेकपा एमाले छाडेर तत्काली संघीय समाजवादी पार्टी गठन गरेका राईले २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए ।

०७५ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए । राई ०५१ मा एमालेबाट यातायातमन्त्री भए । ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री भएका थिए ।।

 

 

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

आन्दोलनरत शिक्षकहरुवीच कुटाकुट

छाल खवर धरान,१३ वैशाखः काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलन २५ औं दिनसम्मा आ ...

भारतमा आतंकवादीद्धारा मारीएका न्यौपानेको धरानमा श्

छाल खवर धरान,१३ वैशाखः भारतको जम्मु काश्मिरको पहलगाममा आतङ्ककारी हमलाबाट भा ...

शिक्षक आन्दोलन २०८१ र नयाँ शिक्षा ऐन

देशभीरका शिक्षकहरू आज कक्षाकोठा छाडेर सरकारसँग नयाँ शिक्षा ऐन जारी गर्ने मा ...

लिङथेप कल्याणकारी समितिको वंशावली विमोचन

छाल खवर धरान,९ वैशाखः लिङथेप कल्याणकारी समिति मादी संखुवासभाको साङधुङ्गेहाङ ...

अनेमसंघ सुनसरीमा नयाँ नेतृत्व चयन

छाल खवर धरान,९ वैशाखः नेकपा (एमार्ले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic