सुनसरी–१ बाट निर्वाचित अशोक राई शिक्षा मन्त्री नियुक्त

  • चैत १७, २०७९
  • ५,३३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ चैतः सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित अशोक कुमार राई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा सुनसरी–१ बाट संघीय प्रतिनिधि सभा सदस्य अशोक राई वरियताको पाँचौ नम्बर सहित शिक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।

राईले मन्त्री परिषदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका हुन् ।

राई सुनसरी क्षेत्र नं. १ बाट एमाले र जनता समाजवादीको गठवन्धनबाट चुनाव लडेका थिए । उनी चुनाव लडदै गर्दा नै मन्त्री हुने उमेद्वार भएकोले चुनाव जिताउनु पर्ने तर्क कार्यकर्ताहरुले गरेका थिए । यद्यपी उनी निर्वाचित भए पश्चात मन्त्री समेत वनेकाछन् ।

राई यस अघि यातायात मन्त्री र स्वास्थ्य मन्त्री भइसकेकाछन् ।

सुनसरी क्षेत्र नं. १ का जनताले राईबाट ठूलो अपेक्षा गरेकाछन् । राई जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत हुन् ।

अशोक राईको राजनीतिक जीवन

२०२९ मा कम्युनिस्ट आन्दोलनमा जोडिएका अशोक राई २०३१ सालमा विद्यार्थी परिषद् सदस्य भएका थिए । ‘राँको समूह’को नेतृत्व गरिरहेका उनी २०३३ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन केन्द्र (माक्र्सवादी लेनिनवादी) का सदस्य भए । २०३६ सालमा पूर्णकालीन भएर भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा पार्टीको संगठन विस्तार गरे ।

ashok rai news photo final

२०३७ मा नेकपा (माले)को सदस्य भएका राई २०४६ सालमा केन्द्रीय सदस्य भए । २०४७ सालमा नेकपा ९एमाले० बनेपछि केन्द्रीय सदस्य र २०५९ मा स्थायी कमिटी सदस्य भए । २०६५ मा भएको आठौं महाधिवेशनबाट सर्वाधिक मतसहित एमालेको उपाध्यक्षमा निर्वाचित भए राई ।पूर्वी पहाडमा पार्टी संगठन र कम्युनिस्ट आन्दोलन विस्तारमा अशोक राईको ठूलो भूमिका छ । उनले संगठितरप्रशिक्षित गरेका धेरै नेता आज एमालेको नेतृत्व तहमा छन् ।

अशोककुमार राईको संसदीय जीवनमा फाप सिद्ध भएको पार्टी हो, नेकपा एमाले । तर अहिले एमाले सत्ताइतर छ । २०४८ सालदेखिको राईको संसदीय यात्रा, एमालेमा छँदा फलदायी र एमाले छाड्दा निष्प्रभावी देखिएको थियो । ०४८ सालमा सुनसरी १ मा आकांक्षीका रुपमा थिए राई । तत्कालीन पार्टी समायोजनले उनलाई खोटाङ पुर्यायो ।

३१ वर्षपछि सुनसरी फर्किएका राई एमालेकै मतले निर्वाचित भए । राई २०४८ मा खोटाङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । ०५१ मा खोटाङ २ बाटै प्रतिनिधिसभामा चुनिए । ०५६ मा उदयपुर झरेपछि उनी पराजित भएका थिए । नेकपा एमाले छाडेर तत्काली संघीय समाजवादी पार्टी गठन गरेका राईले २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए ।

०७५ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए । राई ०५१ मा एमालेबाट यातायातमन्त्री भए । ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री भएका थिए ।।

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic