सहकारी दिवसमा तीन सम्मानित

  • चैत २०, २०७९
  • ५,८५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० चैत ः सहकारी समन्वय समिति धरान नगर समितिले ६६ औं सहकारी दिवसका अवसरमा तीजनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा उत्कृष्ट सहकारीतर्फ धरान १५ स्थित विजयपुर बचत तथा ऋण सहकारी संस्था लि. लाई उत्कष्ट सहकारी सम्मान गरीएको थियो भने सहकारी अभियान्तको रुपमा धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमलाई सम्मान गरीएको थियो ।

संचारक्षेत्रबाट योगदान गरेको भन्दै संचारकर्मी रस्मी प्रधानलाई सम्मान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यकारी अधिकृत मात्रृका भट्टराईले विषम परिस्थितिमा सहकारी शेयर सदस्य तथा वचतकर्ताहरुको मनोवल उच्च वनाउने गरी काम गर्नुपर्नेमा जोडदिएका थिए ।

उनले हावाहुरी र अफ्ठारो परिस्थितिमा पनि सहकारीले निम्न वर्गको आर्थिक विकासमा टेवा पु¥याउने गरी काम गर्नु पर्ने वताएका थिए ।

गलत नियतले आएका सहकारीहरु आर्फै पाखा लाग्ने वताउदै उनले सहकारीभित्र आएका खराव प्रवृति विरुद्ध सवै सहकारीकर्मीहरु एक भएर अघि वढनुपर्नेमा उनको जोडथियो ।

धरान उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराईले सहकारी भित्र सुद्धिकरण आवस्यकता टडकारो रहेको कुरामा जोडदिएका थिए । स्थानीय निकायले पनि सहकारीहरुलाई समय समयमा नियमन गर्नुपर्ने उनको सुझाव दिएका थिए ।

त्यसैगरी धरान –१५ का वडाध्यक्ष नरेश कुमार इवारमले संचालक समिति र कर्मचारीको गलत प्रृवित्तीका कारण सहकारी भित्र संकट आएको वताए ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले व्याजको लोभमा बचतकर्ता फस्नु नहुने तर्क गरेका थिए ।

वचतकर्ताहरुले व्याजको लोभमा सहकारीको वास्तविकता नवुझ्दा सहकारीहरुमा समस्या आएको वताए । सहकारी संचालकहरुले गलत नियत राखेकोले पनि सहकारीमा दिनप्रतिदिन समस्या वढदै आएको वताए ।

त्यसैगरी जिल्ला वचत संघ सुनसरीका उपाध्यक्ष काजी गिरीले सहकारीको मुल्य मान्यता विपरीत संचालन भएको हुदा समस्या आएको जिकिर गरेका थिए ।

त्यसैगरी नेकपा एमालेका धरान नगर उपाध्यक्ष पारस काङमाङ राईले रेमिट्यान्स वृद्धिका लागि सहकारीले भूमिका खेल्नुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी जनता समाजवादी पार्टी धरान नगर अध्यक्ष ताजुव लिम्वुले सहकारी क्षेत्रमा भएको पछिल्लो समस्याका वारेमा सवैले ध्यान दिनुपर्नेमा जोडदिएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठले सहकारीका संचालकहरुले राखेको लोभ लालचका कारण समस्या आएको वताए । सहकारी मुल्य मान्यता अनुसार संचालन भएको खण्डमा सहकारी भित्र समस्या नआउने वताए ।

लोकतान्त्रिक चौतारी भानुचोकबाट शुरु भएको ¥याली छाताचोक हुदै सिंहदेवी चोक हुदै चुम्लुङ हिममा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

धरान नगर समन्वय समितिकी अध्यक्ष मिसन लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम माथि प्रकाश पारेका थिए भने नविन मेन्याङ्वोले कार्यक्रम संचालन गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic