नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न

  • चैत २७, २०७९
  • २,९३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ चैत्रः नेशनल एकेडेमी धरान–२ ले आइतबार आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ ।

विद्यालयमा आयोजित समारोहमा विद्यार्थीहरुका विभिन्न प्रस्तुतिसँगै पुरस्कार वितरण गरिएको थियो । शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकुद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

खेलकुद सप्ताह अन्तर्गत मन्टेश्सरी तहका विद्यार्थीहरुलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरुलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेन्डरी तहका विद्यार्थीहरुलाई फुुटबल, भलिबल, ब्याडमिन्टन आदी खेलहरु आयोजना गरिएको थियो ।

समारोहमा यस शैक्षिक वर्षमा मन्टेसरी तहबाट सर्वोत्कृष्ट घोषित विद्यार्थी ओसन राई, इलेमेन्टरीबाट सर्वोत्कृष्ट गुन्जन लिम्बु र सेकन्डरी तहबाट सर्वोत्कृष्ट शिभम झालाई पुरस्कृत गरिएको थियो ।

यस शैक्षिक वर्षमा विद्यार्थीहरु मध्ये सबैभन्दा बढि अंक ल्याई स्कुल प्रथम हुने विद्यार्थी कक्षा ४ कि गुन्जन लिम्बुलाई समेत पुरस्कृत गरियो ।

विद्यालयले प्रत्येक वर्ष अभिभावकहरु मध्येबाट उत्कृष्ट एक अभिभावकलाई गार्जेन अफ द इयर अवार्डबाट सम्मानित गर्दै आएको छ ।

यसवर्ष सो अवार्ड कक्षा ४ विद्यार्थी लिच्छविहाङ राईका अभिभावक आरती राईलाई प्रदान गरिएको थियो ।

त्यसैगरी विद्यालयको टिचर अफ द इयर अवार्ड भाइस प्रिन्सिपल समेत रहनुभएकी ममता लिम्बु र स्टाफ अफ द इयरको अवार्ड एकाउन्टेन्ट मन्जु लिम्बुलाई प्रदान गरिएको थियो ।

सो अवसरमा विद्यालयमा डान्स, मोडलिङ र उसुमा नियमित स्रोत व्यक्तिको रुपमा कार्यरत क्रमशः मनिषा लिम्बु, मेरिना तुम्सा लिम्बु र रोहित लिम्बुलाई पनि सम्मान –पत्र प्रदान गरिएको थियो ।

नेशनल एकेडेमी प्रदेश नं. १ कै एकमात्र र पहिलो आइएसओ प्रमाण चिन्ह प्राप्त शिक्षण संस्था हो । यहाँ विद्यार्थीहरुको पठनपाठन नयाँ र फरक ढंगले गर्ने गरिएको छ ।

विद्यार्थीहरुलाई पुस्तकको ज्ञान गतिविधिहरु मार्फत दिइने शैली अवलम्बन गरिएको प्रिन्सिपल श्रीशीशा राईले बताए ।
शैक्षिक वर्ष २०८० का लागि भर्ना शुरु भइसकेको र सहुलियत दरमा शुल्क तोकिएको समेत जानकारी दिए ।

nation news cover photo 3 news photoo = 3 news phto= 7 national team news photo = 7

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic