सुनाखरी एकेडेमिको बार्षिक उत्सवमा पुरस्कार बितरण स्कुलले दिएको शिक्षाप्रति हामी सन्तुुष्ट छौ – अभिभावक श्रेष्ठ

  • वैशाख ३, २०८०
  • ३,९१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ ले शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षाको पुरस्कार बितरण सम्पन्न गरेको छ ।

एकेडेमीले आइतवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न गरेको हो ।

कार्यक्रममा नर्सरी देखि कक्षा–९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायत सम्बन्धित कक्षागत शिक्षकहरुले पुरस्कार बितरण गरेका थिए ।

कार्यक्रममा वोल्दै एकेडेमीका प्रिन्सिपल मिलन मिलन कुमार राईले विद्यालयका अभिभावकहरुले सदैब सकारात्मक भएर सल्लाह सुझाव दिई सहयोग गरेकै कारण सुनाखरी हरेक कुरामा सफल हुदै आएको दावी गरेका थिए ।

प्रिन्सिपल राईले आफूहरुले पनि सुनखारीमा नै आफ्ना छोराछोरीलाई पढाएको वताउदै गुणस्तरीय शिक्षा दिन सवल र सक्षम रहेको दावी गरेका थिए ।

news cover photo = 2 5 उनले अरुका छोरा छोरी पढाउने मात्र हैन आफ्नो छोरा छोरी समेत यसै विद्यालयमा पढाउने गरेको र शिक्षा गुुणस्तरमा आफूहरु सन्तुुष्ट रहेको स्पष्ट पारेका थिए ।

परिक्षाको परिणाम आउना साथ विद्यार्थीहरुलाई पुरस्करा वितरण र सम्मान गरेको खण्डमा माथिल्लो कक्षामा पढन प्रोत्साहन मिल्ने भएकोले परिक्षाफल प्रकाशन गर्नासाथ पुरस्कार वितरण गरीएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

त्यसैगरी एकेडेमीका निर्देशक प्रदिप राईले स्कुलमा मात्र भर नपरी स्कुल समय बाहेक पनि घरमा आफ्ना छोरा छोरीको पढाईमा ध्यान दिन अभिभावकहरुलाई आग्रह समेत गरेका थिए ।

अभिभावक राधिका श्रेष्ठले सुनाखरी एकेडेमिले पढाइ सङ्गसङ्गै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिएको कारण बिद्यार्थीहरु हरेक कुरामा अगाडि रहेको दावी स्कुलले दिएको शिक्षाप्रति अभिभावकहरु सन्तुुष्ट रहेको  वताएकी थिइन ।कार्यक्रमको संचालन छात्र प्रत्युष थापा र छात्रा रुबिना देबले गरेका थिए ।

सुनसरी एकेडेमी धरानमा रहेका स्कुल मध्ये पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत अव्वल स्कुलको रुपमा पहिचान वनाउदै आएको छ ।

suna = 4 suna = 6 suna 8 sunakhari sunakhari = 4 suna = 7 suna 9 88 sunakhari = 2 99 suna = 5 suna 10

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic