वीपीका डाक्टर चौधरी राष्ट्रपतिबाट विभूषित काम गर्न हौसल प्राप्त भएको छ डा –चौधरी

  • वैशाख ४, २०८०
  • २,५७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाखः वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोनि विभागका प्रोफेसर डा.पशुपति चौधरी सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई  बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पदक विभूषित गरिएको हो ।

सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो ।

विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य ‘सेवा नै परम धर्म हो’ भन्ने रहेको छ । सोही अनुरुप प्रा.डा. चौधरीलाई स्वास्थ्य सेवा क्षेत्रमा पु¥याएको योगदानकोे कदर गर्दै सो पदकबाट विभूषित गरिएको हो ।स्वास्थ्य क्षेत्रमा योगदान गरेको मुल्याङ्कन गर्दै नेपाल सरकारले स्वास्थ्य क्षेत्रबाट डा. चौधरीलाई विभूषित गरेको हो ।

डा.चौधरी विगत दुइ दशक भन्दा लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत रही २३ वर्षदेखि  सेवा गर्दै आउनु भएको छ ।

news  photo विभूषित भएपश्चात डा. चौधरीले आफूले कुनै पदक र सम्मानको लागि काम नगरेको बताउदै पेसाप्रति इमान्दार भई वफादार रही गरेको काम र सेवाको मुल्याङ्कन भएको प्रतिक्रिया दिएकाछन् ।

देश र जनतको पक्षमा काम गर्न र सेवा गर्नको लागि आफूलाई थप हौसला मिलेको डा चौधरीले वताउनु भएको छ । यसबाट मलाई सेवा गर्नेक्रममा थप हौसल प्राप्त भएको छ । मैले सेवामा रहेर गरेको सही कामको सही मुल्याङकन भयो भन्ने महशुस भएको छ– डा चौधरीले भने ।

चौधरीसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी नाक कान घाटी रोग विभागकी प्रोफेरसर डाक्टर संगीता सिंह भण्डारी समेत विभूषित हुनु भएको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic