शहिद स्मृतिमा धरान कै पहिलो कम्प्युटर इन्जिनियरीङ पढाई हुने

  • वैशाख ५, २०८०
  • ३,०२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ वैशाखः धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएकाछन् ।

केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो ।

शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।

ram bista

प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरीङमा भर्ना खुल्ला गरीएको छ ।

कक्षा ९ मा भर्ना हुनको लागि कुनैपनि विद्यालयबाट कक्षा ८ उर्तीण भएका विद्यार्थीहरुले आवेदन गर्न सक्नेछन् ।कम्प्युटर इन्जिनियरीङका लागि कक्षा ९ मा ४८ जनाको कोटा निर्धारण गरीएको छ ।

न्युनतम शुल्कमा नै पढन र पढाउने सकिनुका साथै भविष्यमा स्वरोगार वन्नुका साथै राम्रो अवसर प्राप्त हुने प्रअ विष्टले वताए ।

कक्षा ९ देखि १२ सम्म ४ वर्षे कम्प्युटर इन्जिनियरीङको कोर्ष पुरा गरेपछि स्वरोजगार हुनुका साथै कम्प्युटर इन्जिनियरीङमा स्नातह तहको अध्यय्न गर्न सकिने छ ।

कम्प्युटर इन्जिनियरीङका लागि विद्यालयमा कम्प्युटर ल्याव र पयाप्त भौतिक पूर्वाधार रहेको प्र.अ. विष्टको दावी रहेको छ ।

यो कार्यक्रम धरानको लागि गौरवको विषय भएको वताउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुग्ने विष्टको भनाई रहेको छ ।

 

 

 

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic