सहिद लाजेहाङको परिवारलाई आर्थिक सहयोग

  • वैशाख ८, २०८०
  • २,८३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाखः एक महिना अघि कोशी प्रदेश नामाकरण खारेजीको माग गदै भएको आन्दोलनका क्रममा सहिद भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई हङकङबाट आएको आर्थिक सहयोग प्राप्त भएको छ ।

लाजेहाङको परिवारलाई शुक्रवार एक कार्यक्रमका वीच आर्थिक रकम हस्तान्तरण गरीएको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार लाजेहाङको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राई र किरात राई यायोक्खा, सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले सहिद लाजेहाङकी आमा धनमाया लिम्बुलाई चेक हस्तानतरण गरेका थिए ।

कार्यक्रममा वोल्दै लाजेहाङकी बहिनी पवित्रा सुब्बाले कोशी प्रदेश नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राखिएपछि मात्र आफ्नो दाजु लाजेहाङको आत्माले शान्ति पाउने बताइन ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले सहिद लाजेहाङप्रति समर्पित गर्दै कविता वाचन गरेका थिए ।

किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले लाजेहाङको शव भोली शनिबार बिहान ९ धरानमा शवयात्रा गराउने र भानुचोकमा श्रद्धाञ्जली अर्पण गरि इटहरी, विराटनगरमा श्रद्धाञ्जली कार्यक्रम हुने र अन्तिममा बेलबारीको लालभित्तिमा पुर्याएर अन्त्येष्टी गरिने पनि उनले बताए ।

हाल लाजेहाङको लास हाल धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञानको मर्चरीमा राखिएको छ ।

कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै चैत्र ५ गते विरानगरमा भएको आन्दोलनका क्रममा घाइते भएका लाजेहाङको पाँच दिन पछि उपचारको क्रममा मृत्यु भएको थियो । नेपाल सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic