धरान माबिका कक्षा–१२ लाई बिदाई

  • वैशाख ८, २०८०
  • ६,६७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ वैशाखः धरान माध्यामिक विद्यालय (धरान उच्च) मा बिज्ञान संकाय तर्फ कक्षा–१२ को अध्ययन पूरा गरेका बिद्यार्थीलाई शुक्रबार कक्षा–११ का बिद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन।

धरान कलेज अफ म्यानेजमेन्टको प्राङ्गणमा भएको कार्यक्रममा उच्च र कलेजका प्रीन्सिपल चित्रप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहेका थिए ।

news cover photo = 2 6

कार्यृक्रममा पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमुख अतिथि ढुङ्गेल, बिज्ञान संंकायका इन्चार्ज सुनिल कुमार भगत, संचालक डा.अशोक कुमार झा लगायतले पुरस्कार बितरण गरेका थिए ।

कलेजका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले बिद्यार्थीहरुको मिहिनेतका कारण नतिजा राम्रो हुनेमा बिश्वस्त रहेको बताए।

बिज्ञान संकायका इन्चार्ज सुनिल कुमार भगतले सकारात्मक सोचले उर्जा दिने बताउदै आफ्ना बिद्यार्थीहरुको नतिजा जसरी पनि धेरै राम्रो हुने कुरामा आफू ढुक्क रहेको स्पष्ट पारेका थिए ।

बिरेन्द्र मेमोरिय कलेजका प्रिन्सिपल तारा बहादुर निरौला र कलेजका अध्यक्ष शिब नारायण शाहले बिद्यार्थीहरुलाई आगामी परीक्षाको लागि शुभकामना ब्यक्त गरेका थिए ।

photo = 3 त्यसैगरी नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिव तिर्थ कार्कीले धरान उच्च धरानका प्राज्ञिक बर्गले संचालन गरेको पुरानो कलेज भएको हुदा गुणस्तरीय शिक्षा प्रदान गर्न सधै सफल रहेको बताए।

कार्यक्रममा कलेजका चन्द्र बहादुर फोम्बो, विरेन्द्र मेमोरीयल कलेजका सहायक प्रिन्सिपल सुरेस घिमिरे लगायतको उपस्थिथि थियो। बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई मनोरन्जन दिलाएका थिए।

बि.स.२०५५ सालमा स्थापना भएको धरान मा.बि.(धरान उच्च) ले यसै वर्ष स्थापनाको २५ औ वर्ष पुगेको उपलक्ष्यमा रजत जयन्ति मनाउने तयारीमा छ।

photo = 4 chitra sir sunil sir tara sir prize group tara sir photo = 5

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic