लिवर्टी स्कुलमा विद्यार्थीहरुलाई सुविधा नै सुविधा

  • वैशाख १३, २०८०
  • ३,०२३ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ वैशाखः लिवर्टी रेसिडेन्सियल स्कुलले धरान– ११ मा विद्यार्थीहरुका लागि सुविधा नै सुविधाको अवसर दिएको छ ।

स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नामा विभिन्न किसिमको सुविधा नै सुविधा दिएको हो ।

स्कुलले सामाजिक छात्रवृत्ति अन्तर्गत वीपी प्रतिष्ठानका धरानका कर्मचारीका छोरा छोरीहरुलाई पाँच वर्षसम्म भर्ना शुल्क नलाग्ने र मासिक शुल्क मात्र लाग्ने सुविधा ल्याएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् ।

उनका अनुसार मजदुर वर्गका छोराछोरीहरुलाई पनि मासिक शुल्क मात्र लाग्ने गरी भर्ना गरीएको छ । सवैको नीजि विद्यालयमा पढाउन पहुँच पुगोस भन्ने उदेश्यले यस्तो सुविधा दिइएको स्कुलका प्रिन्सिपल भगवत लिम्वुले वताए ।

पछिल्लो समय लिवर्टी स्कुलले अभिभावक र विद्यार्थीहरुका लागि विभिन्न किसिमका अवसर र सुविधा दिएको छ । आर्थिक अभावका कारण स्कुल पढनबाट वन्चित हुन नपरोस भनेर योजनाहरु अघि सारेको प्रिन्सिपल लिम्वुको भनाई रहेको छ ।

तीनवटा जापानीज शैलीका भवनहरु सुरक्षित तवरले निर्माण गरी स्तर अनुसार  विद्यालयहरुको व्यवस्था गरीएको छ । प्रि प्राइमरी, प्राइमरी र छात्र छात्राहरुका लागि वेग्ला वेग्लै भवन तथा खेल मैदानको व्यवस्था छ ।

विद्यार्थीहरुलाई खेल्नको लागि प्ले जोनको व्यवस्था समेत गरेको स्कुलका डाइरेक्टर तेजमान लिम्वुले जानकारी दिएकाछन् ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic