सुनाखरी एकेडेमिले ग¥यो कक्षा–१२ लाई बिदाई

  • वैशाख १५, २०८०
  • २,७९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ वैशाखः धरान–१२ स्थित सुनाखरी एकेडेमिबाट ब्यबस्थापन संकायमा कक्षा–१२ का विद्यार्थीैहरुलाई विदाई गरेको छ ।

कक्षा १२ को अध्यय्न पूरा गरि परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई एकेडेमीले बिहिबार एक कार्यक्रम गरि बिदाई गरेको हो ।

एकेडेमीले धरान–१९ स्थित हरियाली सामुदायिक बनको सभा हलमा कार्यक्रमको आयोजना गरी कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा–१२ लाई बिदाई गरेका थिए ।

सो कार्यक्रममा लोटस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमिका निर्देशक प्रदिप राई, प्रिन्सिपल मिलन कुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, कोअर्डिनेटर टप कुमार राई लगायतले कक्षा–१२ का बिद्यार्थीहरुलाई अबिर, खदा लगाई मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए ।

स्कुलका प्रिन्सिपल मिलन राईले लक्ष्य प्राप्तिका लागि बिद्यार्थीहरुले कडा मिहिनेत गर्नुका साथै निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्लस टु कोअर्डिनेटर टप कुमार राईले पठन पाठनका क्रममा बिद्यार्थीहरुलाई सामान्य गाली गरिए तापनि उनिहरुकै उज्ज्वल भबिष्यका लागि भएको बताए।

त्यस्तै एकेडेमिका निर्देशक प्रदिप राईले बिद्यार्थीहरुलाई बिदाई गरेता पनि यो अन्त्य नभई नया सुरुवात भएको बताए। बिद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन निर्देशक राईले शुभ–कामना दिए।

बिदाई कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरि मनोरन्जन दिएका थिए ।

त्यस्तै प्रिन्सिपल मिलन राई, कोअर्डिनेटर टप कुमार राई र शिक्षक आनन सुब्बाले समेत कक्षा(१२ का बिदाई भएर जाने बिद्यार्थीहरुका लागि गित प्रस्तुत गरे।

सो कार्यक्रममा बुद्ध आदर्स बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगि, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रिन्सिपल अरुण राई, लगायतको उपस्थिति रहेको थियो ।

धरानमा सुनाखरी एकेडेमी पढाईका साथै अतिरिक्त कृयाकलापमापनि निकै लोकप्रिय वन्दै गरेको छ ।

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

बहुमतको बलमा पेल्न खोजे विष्फोट हुन सक्छ ः अध्यक्ष

छाल खवर धरान,२० वैशाखः पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल ...

हिविस्कस वोडिङ स्कुलको पुस्तक रहित कार्यक्रम अन्र्

छाल खवर धरान,२० वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ले हरेक हप् ...

फोकस १६ क्लवद्धारा राष्ट्रिय फुटवल खेलाडी लकेन लिम

छाल खवर धरान,१३ वैशाखः फोकस १६ क्लवद्धारा धरानका राष्ट्रिय खेलाडी लकेन लिक् ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic