सुनाखरी एकेडेमिले ग¥यो कक्षा–१२ लाई बिदाई

  • वैशाख १५, २०८०
  • २,९१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ वैशाखः धरान–१२ स्थित सुनाखरी एकेडेमिबाट ब्यबस्थापन संकायमा कक्षा–१२ का विद्यार्थीैहरुलाई विदाई गरेको छ ।

कक्षा १२ को अध्यय्न पूरा गरि परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई एकेडेमीले बिहिबार एक कार्यक्रम गरि बिदाई गरेको हो ।

एकेडेमीले धरान–१९ स्थित हरियाली सामुदायिक बनको सभा हलमा कार्यक्रमको आयोजना गरी कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा–१२ लाई बिदाई गरेका थिए ।

सो कार्यक्रममा लोटस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमिका निर्देशक प्रदिप राई, प्रिन्सिपल मिलन कुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, कोअर्डिनेटर टप कुमार राई लगायतले कक्षा–१२ का बिद्यार्थीहरुलाई अबिर, खदा लगाई मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए ।

स्कुलका प्रिन्सिपल मिलन राईले लक्ष्य प्राप्तिका लागि बिद्यार्थीहरुले कडा मिहिनेत गर्नुका साथै निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्लस टु कोअर्डिनेटर टप कुमार राईले पठन पाठनका क्रममा बिद्यार्थीहरुलाई सामान्य गाली गरिए तापनि उनिहरुकै उज्ज्वल भबिष्यका लागि भएको बताए।

त्यस्तै एकेडेमिका निर्देशक प्रदिप राईले बिद्यार्थीहरुलाई बिदाई गरेता पनि यो अन्त्य नभई नया सुरुवात भएको बताए। बिद्यार्थीहरुलाई उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन निर्देशक राईले शुभ–कामना दिए।

बिदाई कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरि मनोरन्जन दिएका थिए ।

त्यस्तै प्रिन्सिपल मिलन राई, कोअर्डिनेटर टप कुमार राई र शिक्षक आनन सुब्बाले समेत कक्षा(१२ का बिदाई भएर जाने बिद्यार्थीहरुका लागि गित प्रस्तुत गरे।

सो कार्यक्रममा बुद्ध आदर्स बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगि, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रिन्सिपल अरुण राई, लगायतको उपस्थिति रहेको थियो ।

धरानमा सुनाखरी एकेडेमी पढाईका साथै अतिरिक्त कृयाकलापमापनि निकै लोकप्रिय वन्दै गरेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic