जनता स्कुलको अक्षयकोषमा दुई लाख सहयोग

  • वैशाख १५, २०८०
  • २,३१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ वैशाखः कुनै समय सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने अभिभावकका लागि यतिवेला इटहरीको सरकारी विद्यालय जनता माध्यामिक विद्यालय अभिभावकको रुचिको केन्द्र वन्ने गरेको छ ।

विद्यार्थीहरुको लागि सय पचास दिन पनि किचकिचाउने अभिभावकल आजभोली भने जनता स्कुलका लागि लाखौ रुपैया दिन पनि तत्पर हुन थालेका हुन् ।

पछिल्लो समय जनता स्कुलप्रति अभिभावकको आकर्षण निकै वढेको छ ।

सोही क्रममा विद्यालयले स्थापना गरेको अक्षयकोषमा इटहरी–१६ का रमेश पाण्डेले २ लाख रुपैँया जम्मा गरेका छन् ।

कुल १८ लाख ४० हजार रुपैँया जम्मा भइसकेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । उक्त रकमबाट विद्यार्थीलाई छात्रवृति र अन्य विकासका कामहरु गरिने उनले बताए ।

विद्यालयको समग्र शैक्षिक विकासका लागि स्कुलले स्थापना गर्न थालेको अक्षयकोषमा विद्यालयले यसअघि नै १० लाख रुपैया जम्मा गरिसकेको छ ।

विद्यालयको सहयोगका लागि आर्थिक सहयोग जुटाउन थालिएको र पाँच करोड रुपैयाको अक्षयकोष बनाउने सपना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि जनतामा विद्यार्थीहरुको आकर्षण निकै वढेको छ ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic