जनता स्कुलको अक्षयकोषमा दुई लाख सहयोग

  • वैशाख १५, २०८०
  • २,३५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ वैशाखः कुनै समय सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने अभिभावकका लागि यतिवेला इटहरीको सरकारी विद्यालय जनता माध्यामिक विद्यालय अभिभावकको रुचिको केन्द्र वन्ने गरेको छ ।

विद्यार्थीहरुको लागि सय पचास दिन पनि किचकिचाउने अभिभावकल आजभोली भने जनता स्कुलका लागि लाखौ रुपैया दिन पनि तत्पर हुन थालेका हुन् ।

पछिल्लो समय जनता स्कुलप्रति अभिभावकको आकर्षण निकै वढेको छ ।

सोही क्रममा विद्यालयले स्थापना गरेको अक्षयकोषमा इटहरी–१६ का रमेश पाण्डेले २ लाख रुपैँया जम्मा गरेका छन् ।

कुल १८ लाख ४० हजार रुपैँया जम्मा भइसकेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । उक्त रकमबाट विद्यार्थीलाई छात्रवृति र अन्य विकासका कामहरु गरिने उनले बताए ।

विद्यालयको समग्र शैक्षिक विकासका लागि स्कुलले स्थापना गर्न थालेको अक्षयकोषमा विद्यालयले यसअघि नै १० लाख रुपैया जम्मा गरिसकेको छ ।

विद्यालयको सहयोगका लागि आर्थिक सहयोग जुटाउन थालिएको र पाँच करोड रुपैयाको अक्षयकोष बनाउने सपना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।

अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि जनतामा विद्यार्थीहरुको आकर्षण निकै वढेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic