धराननका मेयर साम्पाङको अभिव्यक्ति प्रति महासंघको आपत्ती

  • वैशाख १५, २०८०
  • १,५७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१५ वैशाखः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क राज राईले समाचार संकलनमा पुुगेका संचारकमीलाई दिएको अभिव्यक्ति प्रति पत्रकार जन्य संगठनहरुले विरोध जनाएकाछन् ।

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव धुु्रव ढकालले शुक्रवार विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई दिएको अभिव्यक्तिप्रति सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाछन् ।

नगर प्रमुख हर्कराज राईसंग प्रश्न गर्ने क्रममा पूर्वाग्रही ढंगले तपाईं कुन पार्टीको पत्रकार भनेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

press

नगर प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम ढंगले जवाफ दिनुपर्नेमा सार्वजनिक रूपमा धम्क्याउन खोज्नु सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

नगरप्रमुुख राईको व्यवहार एवम् कार्यशैलीका कारण कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् उहाँले लिनुपर्नेमा महासंघ जिल्ला शाखा प्रष्ट पार्न चाहन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा सार्वजनिक पदमा बसेकाको धम्कीबाट विचलित हुने छैन । नगरप्रमुख राईले पत्रकारमाथि गर्दै आएको कार्यशैलीप्रति महासंघ जिल्ला शाखा कडा शब्दमा निन्दा गर्दछ ।

आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जिल्ला शाखा जोडदार माग गर्दछ विज्ञप्तिमा उल्लेख गरीएको छ । नगर प्रमुख राईले नगरपालिकामा सुचना संकलनमा जाने संचारकर्मीलाई पार्टीको झोले र कुन पाटीएको पत्रकार जस्ता शव्द प्रयो गदैै आएकाछन् ।

pt

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic