धराननका मेयर साम्पाङको अभिव्यक्ति प्रति महासंघको आपत्ती

  • वैशाख १५, २०८०
  • १,६२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१५ वैशाखः धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क राज राईले समाचार संकलनमा पुुगेका संचारकमीलाई दिएको अभिव्यक्ति प्रति पत्रकार जन्य संगठनहरुले विरोध जनाएकाछन् ।

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव धुु्रव ढकालले शुक्रवार विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई दिएको अभिव्यक्तिप्रति सुनसरी शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकाछन् ।

नगर प्रमुख हर्कराज राईसंग प्रश्न गर्ने क्रममा पूर्वाग्रही ढंगले तपाईं कुन पार्टीको पत्रकार भनेर धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

press

नगर प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम ढंगले जवाफ दिनुपर्नेमा सार्वजनिक रूपमा धम्क्याउन खोज्नु सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ विज्ञप्तिमा भनिएको छ ।

नगरप्रमुुख राईको व्यवहार एवम् कार्यशैलीका कारण कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् उहाँले लिनुपर्नेमा महासंघ जिल्ला शाखा प्रष्ट पार्न चाहन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि व्यक्ति वा सार्वजनिक पदमा बसेकाको धम्कीबाट विचलित हुने छैन । नगरप्रमुख राईले पत्रकारमाथि गर्दै आएको कार्यशैलीप्रति महासंघ जिल्ला शाखा कडा शब्दमा निन्दा गर्दछ ।

आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जिल्ला शाखा जोडदार माग गर्दछ विज्ञप्तिमा उल्लेख गरीएको छ । नगर प्रमुख राईले नगरपालिकामा सुचना संकलनमा जाने संचारकर्मीलाई पार्टीको झोले र कुन पाटीएको पत्रकार जस्ता शव्द प्रयो गदैै आएकाछन् ।

pt

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic