एम्स एकेडेमिको एम्स एस.ई.ई. फुटसल कप

  • वैशाख १६, २०८०
  • २,२६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाखः एम्स एकेडेमि धरान–१२ले प्रथम एम्स एस.ई.ई. फुटसल कप आयोजना गर्ने भएको छ।

एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी दिइएको हो।

कार्यक्रम संयोजक युवराज अधिकारीका अनुसार प्रतियोगिता बैशाख २९ र ३० गते मितेरी फुटसलमा हुने छ।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै अन्य गलत काममा नलागि सृजनात्मक काममा लागुन भन्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको सम्योजक अधिकारीले बताए।

प्रतियोगितामा २० वटा टिम सहभागी हुने सम्योजक अधिकारीले बताए।

एस.ई.ई.कपको बिजेताले नगद १५ हजार, उप बिजेताले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै उत्कृष्ट खेलाडी र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई समेत पुरस्कारको ब्यबस्था रहेको छ।प्रतियोगितामा विशेष गरि धरान भरिका सामुदायिक र निजि बिद्यालयबाट ०७९ को एस.ई.ई दिएका बिद्यार्थीहरुले मात्रै भाग लिन पाउने प्रिन्सिपल मित्र तामाङले बताए।

धरान बाहिरबाट आएका सहभागी टिमलाई पनि सहभगागी गराउने प्रिन्सिपल तामाङले वताए ।
कार्यक्रमको संचालन को–अर्डिनेटर हेमन्त भण्डारीले गरेका थिए ।

नेकपाको सुनसरी १ मा निर्वाचन परिचालन समिति गठन

छाल खवर धरान,९ माघः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी १ को लागि प्र ...

हिविस्कस स्कुलद्धारा विद्यार्थी र अभिभावकलाई उप

छाल खवर धरान, शिक्षा र संस्कृतिको केन्द्र मानिने सहर हो। यही धरान–१५ ...

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic