एम्स एकेडेमिको एम्स एस.ई.ई. फुटसल कप

  • वैशाख १६, २०८०
  • २,२९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ वैशाखः एम्स एकेडेमि धरान–१२ले प्रथम एम्स एस.ई.ई. फुटसल कप आयोजना गर्ने भएको छ।

एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी दिइएको हो।

कार्यक्रम संयोजक युवराज अधिकारीका अनुसार प्रतियोगिता बैशाख २९ र ३० गते मितेरी फुटसलमा हुने छ।

एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै अन्य गलत काममा नलागि सृजनात्मक काममा लागुन भन्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको सम्योजक अधिकारीले बताए।

प्रतियोगितामा २० वटा टिम सहभागी हुने सम्योजक अधिकारीले बताए।

एस.ई.ई.कपको बिजेताले नगद १५ हजार, उप बिजेताले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै उत्कृष्ट खेलाडी र प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिहरुलाई समेत पुरस्कारको ब्यबस्था रहेको छ।प्रतियोगितामा विशेष गरि धरान भरिका सामुदायिक र निजि बिद्यालयबाट ०७९ को एस.ई.ई दिएका बिद्यार्थीहरुले मात्रै भाग लिन पाउने प्रिन्सिपल मित्र तामाङले बताए।

धरान बाहिरबाट आएका सहभागी टिमलाई पनि सहभगागी गराउने प्रिन्सिपल तामाङले वताए ।
कार्यक्रमको संचालन को–अर्डिनेटर हेमन्त भण्डारीले गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic